काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ । शुक्रबार बसेको विपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनले सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी प्रकरणमा भने संसदीय छानबिन बनाउनुपर्ने पार्टीको धारणा रहेको बताए । सहकारी प्रकरण एक जना गृहमन्त्रीको मात्रै नभइ लाखौ जनताको बिषय भएकाले यस बिषयमा छानविन गर्न समिति बनाउनुपर्ने उनले बताए ।
त्यस्तै उनले सदनमा सभामुख तटस्थ हुन नसकेको धारणा राखे । कसैले आफ्नो माग राख्दै गर्दा सभामुखले सदनलाई त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया