कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेसको अवरोधपछि बैठक शुक्रबार दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन ।