यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगिता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको छ ।