काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले केपी ओलीजस्तो नेताले गलत कुरा भन्न नसुहाउने बताए । उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि प्रश्न गरे ।
उनले भने, ‘नेपालको राजनीतिमा ओलीजीले अदालतको निर्णयपछि दिएको अभिव्यक्तिबारे चर्चा भइरहेको छ । गिरीबन्धु टी—स्टेटको आफू निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । यस्तो कुरा उहाँजस्तो नेताले भन्नु सुहाउँदैन । आफूले जग्गा बिक्री गरेको भन्न के आपत्ति उहाँलाई ?’ अदालतले उहाँलाई भनेको हो । उहाँ के भन्नुहुन्छ भने निर्णय कांग्रेसको पालामा भएको छ । हाम्रो पालमा निर्णय भएकै छैन ।’
देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताउँदै कांग्रेसको पालामा निर्णय नभएको स्पष्ट पारे । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा कांग्रेसले गिरीबन्धु टी—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया