विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको थियो भने ५ जना सांसद तटस्थ बसेका थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन, जसपाका एक जना सांसद ५७ जनाले मत दिएका हुन् ।
नेपाली कांग्रेसले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला विश्वासको मत लिन खोजेको भन्दै सदन बैठक बहिष्कार गरेको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति ९ जेठलाई तोकिएको छ । राप्रपा भने विश्वासको मतको प्रस्तावमा तटस्थ बसेको छ ।

प्रतिक्रिया