काठमाडौं । नेपाली कांग्रेसले सदनको गतिरोध हटाउने विषय सरकारको कोटमा रहेको बताएका छन् । आइतबार सभामुख देवराज घिमिरेले सदन खुलाउने विषयमा आयोजना गरेको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद खुलाउने बल सरकारको कोटमा रहेको बताएका हुन् । उनले सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने बताए ।
उनले भने,‘संसद कसरी अगाडि बढाउने बल सरकारको कोटमा छ। सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छ ।’
जनताका जल्दाबल्दा विषयमा संसदमा बहस हुन जरुरी रहेको भन्दै उनले सहकारीमा अर्बौं रकम अपचलनको विषयको निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया