इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ



नारायण गाउँले ।
सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत नेम्वाङले जितेको ठाउँ हो ! अहिले माओवादी एमालेसँग छ । उनी युवा र शिक्षित छन् । सुवास नेम्वाङका छोरा भएकैले उनले टिकट पाएको सत्य हो, र उनको कमजोरी पनि यत्ति हो, तर यसैले उनलाई ‘अयोग्य’ बनाउँदैन । बझाङ पनि शायद एमालेकै भागमा जानेछ । नेम्वाङपछि कांग्रेसका खड्का र रास्वपाका लिम्बू क्रमशः दाबेदार हुन सक्लान् । तर नेम्वाङ बाहेक अन्य जसले जिते पनि त्यसको सन्देश अलग र रोचक हुनेछ । यो परीक्षा कांग्रेस र रास्वपाका लागि महत्त्वपूर्ण देखिन्छ ।

सामाजिक सञ्जाल र पत्रपत्रिकाको ऐनामा सबैभन्दा कमजोर र कम चर्चित उम्मेद्वार भनेको कांग्रेसकै देखिन्छ । त्यहाँ रास्वपा र पहिचानको बाढी देखिन्छ । त्यसमाथि एमाले–माओवादीको आँधी पनि छ । यो बाढी र आँधीमा पनि कांग्रेस उभियो भने उसको आत्मविश्वास पक्कै बढ्नेछ ।

बाँकी सबै उम्मेद्वार धेरैथोरै कम्युनिष्ट पृष्ठभूमिसँग गाँसिएको, एउटै जातीय समूहभित्रका रहेकोले कांग्रेस उम्मेद्वारले जित्न सक्ने आधार पनि होला । उनको स्थानीय ‘टच’ राम्रो छ भन्ने पनि सुनिन्छ । रवि लामिछानेलाई लिएर यतिबेला धेरै नकारात्मक समाचारहरू छापिएका छन् । रास्वपाको लोकप्रियता र जनसमर्थनबारे अनेक आशङ्का र प्रश्नहरू तेर्सिएको बेला पनि छ । यदि यस्तो बेला पनि उसको जम्मेदवारले चुनाव जित्छन् भने यो रास्वपा स्वयं र नेपाली राजनीतिको भविष्यका लागि समेत नयाँ सन्देश हुनेछ ।

रास्वपा एउटा व्यक्तिमात्रै नभएर एउटा आन्दोलन हो, अभियान हो र नयाँ लहर हो भन्ने साबित हुनेछ । कांग्रेस र पहिचानको बाढी अनि एमाले–माओवादीको आँधी चिरेर रास्वपा अडियो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ । यी सबै पहाड़ चिरेर पहिचानवादी भनिने मुडा चिन्हले जित्यो भने झन् ठूलो आश्चर्य हुनेछ । पहिचानको मुद्दा त आफ्नो ठाउँ होला, मुडाले जित्ने हो भने देशभर अर्को चुनावमा शायद ‘स्वतन्त्र उम्मेदवार’को ठूलो लहर देखिनेछ । यो जीतले दलहरूमाथि गह्रुगो चुनौती थपिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने