संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति



गणेश कार्की ।
सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ । मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन । सभापतिबाट पटक पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि भएकै छ । तर त्यति मात्रै पुग्दो भएको छैन । सवाल जवाफ जस्तो चलिरहेको छ । पटक पटक नयाँ आरोप आउँछन्, जवाफ आउँछ अनि फेरि अर्को नयाँ कुरा आउँछ, फेरि अर्को जवाफ । यही चक्र कहिलेसम्म ? मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनैपर्छ । फलानो नेताले भनि त सक्यो भन्दैमा समाजले पत्याउँदैन । ढिस्कानो मिडिया वा पत्रकारले लेखि त सक्यो भन्दैमा पनि समाजले पत्याउँदैन । नेता र मिडिया नै आममानिसको नजरमा शंकारहित बनेको छैन । राजनीतिक दलको संक्रमणले प्रहरी प्रशासनको छानविन पनि विवादरहित हुन सकेनन् ।

हाम्रै सभापतिले केही समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानविन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानविन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो । सभापतिले छानविन समिति बनाउनु पर्छ भन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यही हो भनेर वकालत गरेका थियौँ । आखिर नेपालको धरातलिय यथार्थ त्यही नै हो ।

दुर्भाग्य, बीचमा केही अलमल भएको छ । जसले गर्दा संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो बिरुद्दमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।
अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन ।

विश्वास छ हामीलाई–सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ । जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानविन र जाँचमा उभिने ? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख ।
कार्की रास्वपाका केन्द्रीय सदस्य हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने