नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत



डा. बाबुराम भट्टराई ।
केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका दलहरूसमेत सत्ता भागबण्डाको लुछाचुँडीमा लिप्त हुनु, न्यूनतम राजनीतिक मुल्यमानता र नैतिकतालाई कुल्चेर साम दाम दण्ड भेदको नांगो अभ्यास गर्नु, देश र जनताका गम्भीर संरचनात्मक र तत्कालिक मुद्दामा कुनै चासो नराख्नु, भ्रष्टाचार र अनियमितता दिन दुगुना रात चौगुना बढ्दै जानु, आम जनता र विशेषतः वेरोजगार युवा किंकर्तव्यविमूढ बनेर देश छोडेर हिंड्न प्रवृत्त हुनु हाम्रो लोकतन्त्र र देशको स्थिरताको निम्ति गम्भीर खतराको संकेत हो ।

मूल नै धमिलिए पछि तल जतिसुकै संग्ल्याउन बल गरे पनि त्यो संग्लिन्न । अन्ततः लोकतान्त्रिक राज्यमा राजनीति,दल र नेताहरू नै सच्चिनुपर्छ वा सच्याउनुपर्छ। त्यो हुन नसके नयाँ र राम्रो अग्रगामी विकल्प तयार गर्नुपर्छ । गलत र भ्रष्ट भनेर जान्दाजान्दै निरीह बनेर तिनकै पाउमा लम्पसार पर्नु वा देश छोडेर हिंड्नु कुनै सचेत र स्वाभिमानी मान्छेले गर्न हुने काम हुँदैहैन ।

बेठिकका विरूद्ध नलडी विश्व इतिहासले कहिल्यै अग्रगति लिएको छैन । सक्छौं बेठिकका विरूद्धको लडाइँ र ठीकको स्थापना अभियानमा साथ दिऊँ । नसके सत्य र न्यायको मार्गमा लाग्नेहरूलाई यो वा उ बहानामा घात गर्ने काम नगरौं । तत्काल बलशाली तर बेठिकहरूसँग आत्मसमर्पण गर्नेहरू र सत्यमार्गीहरूलाई घात गर्नेहरूले कुनै दिन पश्चाताप गर्नैपर्छ । एक दिन इतिहासले सबैको हिसाब गर्छ गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने