तनाव व्यबस्थापनका लागि नाम संकीर्तन



डा. गोविन्दशरण उपाध्याय ।
नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा जो कोहीले पनि अबलम्बन गर्न सक्ने साधना हो । श्रीमद्भागवतको अन्तिम अध्यायको अन्तिम श्लोकमा समेत ‘नाम संकीर्तनम् यस्य सर्वपाप प्रणाशनन्’ हरिनाम संकीर्तनमा सम्पूर्ण पापहरूको नाश गर्ने शक्ति छ’ भनेर प्रतिज्ञा गरिएको छ । नाम संकीर्तनका ९ वटा विधिहरू छन् ।

शास्त्रहरूले कलियुगका लागि ‘नाम संकीर्तन’ गर्ने आदेश दिएको छ । उपासकले आफ्ना इष्टदेवको नाम लिन सक्छन् । नाम संकीर्तनका लागि कुनै पनि कर्मकाण्डको आवश्यकता हुँदैन । मनमा प्रेम उत्पन्न हुँदासाथ ज–जस्तो अवस्थामा भगवान् को नामको श्रवण, गायन, स्मरण, पाद–सेवन, अर्चना, वन्दना, दास्य, मित्रता तथा आत्मनिवेदन गर्न मिल्छ ।

आफ्ना उपास्य अर्थात् शिवपार्वती, सीताराम, राधाकृष्ण, लक्ष्मीविष्णुआदिको प्रेमले नाम लिए पुग्छ । तर शास्त्रले शिव, विष्णु, कृष्ण, राधा, लक्ष्मी, पार्वतीआदिको एक्लाएक्लै नाम लिन निषेध गरेको छ । गौरतेज अर्थात् शक्ति रहित यदि कसैले कृष्णतेज अर्थात् (राम कृष्णआदि) मात्रै नाम ग्रहण गर्छ भने त्यो व्यक्ति नर्कमा पर्छ भनेर कीटान गरेको हुँदै नाम संकीर्तन गर्दा शक्ति तथा शक्तिवान् (राधा र कृष्ण) दूवैको ग्रहण गर्नुपर्छ ।

–नाम संकीर्तनको प्रसंग उठान गर्दैगर्दा ‘अप्रगतिशील विचार’ भन्ने भाव पनि केही पाठकहरूको मनमा आउन सक्छ । तर यसो एकछिन मनन गरौँ त ! आजको मानिस कतिधेरै मानसिक तनावबाट गुज्रिरहेको छ । मानसिक तानवबाट मुक्ति प्राप्त गर्ने नाममा ‘प्रगतिशील मोडर्न’हरू विभिन्न लागुपदार्थहरूको उपयोग गर्छन् । प्राकृतिक निन्द्रा विगारेर “डान्स–वार“मा धाउछन् । स–सानो आनन्द (खुसी)का लागि धेरै परिश्रम गर्छन् । गायन गर्नु र सुन्नु – यी दुवै कुरा मानसिक तनाव न्यून गर्ने सबैभन्दा पत्यारिला मध्यम हुन् भन्ने तत्थ आधुनिक मनोवैज्ञानिक खोजले सिद्ध गरेका छन् ।

एकसुका पनि खर्च नगरी, घरपरिवारसंग मिलेर निर्धक्कसंग उपयोग गर्न सकिने क्रियाकलाप नै ‘नाम–संकीर्तन’ होइन र ? हामी तपाईंले मन्दिर/कथा प्रबचन तथा अन्य धार्मिक आयोजनाहरूमा बडो तन्मायताका साथ गाउँदै नाच्दै गरेका महिला तथा पुरुषहरू देखेका छौ । आधुनिकता र प्रगतिशीलताका नाममा अनेकौं लागुपदार्थ तथा कान च्यातिने सङ्गीतले मानसिक तनाव न्यून हुँदैन । यदि हामी मानसिक तनावबाट उन्मुक्ति चाहन्छौं भने कीर्तनको रैथाने क्रियाकलापमा सरिक हुनुपर्छ । खैजडी भजन, रोइलाआदि नेपालका आफ्ना रैथाने नाम–संकीर्तनका विधि हुन् ।

हाम्रा पुर्खाहरूले कठीन जीवन विताएका थिए । उनीहरूले त्यस कठीन अवस्थाबाट उत्पन्न मानसिक तनाव व्यबस्थापन गर्न रोइला, चुटकिला, खैजडी भजनआदिको विकास गरेर सामुहिकरुपमा नामसंकीतनको व्यबस्था गरेका हुन् । नाम–संकीर्तनमा गायन, वादन, नृत्य, तथा पारिवारिकजनहरूको मिलन तथा अन्यमा सहभोजन हुने हुँदा, आधुनिकताले बढाएको मानसिक तनाव व्यबस्थापन गर्न धेरै मदत गर्छ ।

कीर्तनले मानसिक तनाव मुक्ति दिनुका साथै नृत्य तथा वादन गरिने हुँदा शारीरिक स्वास्थ्यलाई पनि राम्रो गर्छ । यदि आफ्नै रैथाने पद्धतिहरूको उपयोग गरेर मानसिक स्वास्थ्य, शारीरिक तथा पारिवारिक स्वास्थ्य पाइन्छ भने ‘रौसी’मा मानसिक शान्ति खोज्ने आधुनिकताको कुनै अर्थ छैन । आधुनिक हुनु राम्रो कुरा हो तर आधुनिकताको दौडमा मानसिक तथा शारीरिक स्वास्थ्य गुमाउनु रामो होइन । कीर्तनको आध्यात्मिक संसारमा फर्किंदा रक्सी, कमसल सङ्गत तथा असामाजिक व्यबहार छुट्ने हुन् । कीर्तन गर्नेले कार चढ्न छोड्नु पर्दैन बरू रौसी भने छोडे हुन्छ । रौसीले स्वर्गको बाटो खुल्दैन तर नामसंकीर्तनले स्वर्गको बाटो पनि खुल्छ ।

यहाँ सबैले जान्नु पर्ने र मनमा राख्नु पर्ने विषय के हो भने कीर्तनको अर्थ गायन नै हो । गायनद्वारा ईश्वरको आराधना गर्ने पद्धति वैदिक हो । वेदका ऋचाहरू देखि लिएर आजभोली रचना गरिने संस्कृत वा नेपालीका कविताहरू पनि छन्दमा हुन्छन् । छन्दको अर्थ नै गायन गर्न (कीर्तन) गर्ने मिल्ने व्यबस्था हो । त्यसैले हरेक दिन आ–आफ्नो इष्टदेव/देवीको नाम संकीर्तन अवश्य गरौँ ।

हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे । हरेराम हरेराम रामराम हरेहरे । राधेकृष्ण राधेकृष्ण कृष्णकृष्ण राधेराधे । राधेश्याम राधेश्याम श्यामश्याम राधेराधे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न