मुख्यमन्त्री पाण्डेको राजीनामापछि गण्डकीमा नयाँ सरकार गठनका लागि चैत २७ गतेसम्मको समय



गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न दलहरूलाई प्रदेश प्रमुखले आह्वान गरेका छन् । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल हुँदै बिहार प्रवेश गरेका भन्दै सुरक्षा ‘हाइअलर्ट’

काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको

चीन भ्रमणपछि विद्याजीसँग ओलीजी सशंकित हुनुभयोः प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी

निजी मेडिकल कलेजको सीट संख्या बढाउने निर्णयविरुद्ध भदौ १५ देखि सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

काठमाडौं । निजी मेडिकल कलेजको सीट संख्या बढाएको विरोधमा चिकित्सा शिक्षा अभियन्ता प्राडा

संसदकोसमेत विश्वास लिएर लिपुलेक सम्झौताबारे दुबै देशका नेतासँग कुरा राख्ने ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका नेताहरुसँग लिपुलेक सम्झौताका विषयमा