उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । । बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ । प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल र उमेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।