जसपाबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।