प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत प्राप्त, १५७ सांसदको समर्थन, विपक्षमा ११० मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार संसदमा भएको मतदानमा प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी भने तटस्थ बसेका छन् । बैठकमा २६८ सांसद उपस्थित भएका थिए । यो प्रधानमन्त्री प्रचण्डले लिएको तेस्रो विश्वासको मत हो । प्रधानमन्त्रीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले समर्थन जनाएका हुन् । नेपाली कांग्रेस, राप्रपालगायतका दलले विपक्षमा मतदान गरेका छन् ।