गर्न नसकेको दिन हामी आफैं बाहिरिन्छौ, प्रधानमन्त्रीले हामीलाई गलहत्याउनु पदैन : उपसभापति वाग्ले


 

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफैं सरकारबाट बाहिरिने पनि स्पष्ट गरे ।

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौं । हामी काम गर्न आएका हौं । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं । प्रश्न गर्यौं । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौं । गर्न नसकेको दिन हामी आफै बाहिरीने छौं । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ. । उहाँले हामीलाई गलहत्याउनु पदैन् ।’