धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टी अध्यक्ष एवंम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर पार्टीमा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद चलिरहेका बेला संघमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ह्वीप जारी भएको हो ।

प्रतिक्रिया