अतिवादको मारमा हिन्दू पर्वहरू



डा. गोविन्दशरण उपाध्याय ।
आज विहानै एउटा नाम चलेको पत्रिकाले ‘शिव मिथक हुन्’ भनेर छापेको पढेपछि मेरो मानसिक शान्ति भंग भयो । आराध्यदेव श्रीपशुपतिनाथको दर्शन गरेर फकिएँ । मेरो मोबाइल पनि त्यही कसैलाई मन पर्यो तर पशुपतिनाथको दर्शनपछि पनि उत्तर दिने विचार झन् बलियो भयो । एक अर्ब २० करोड़को मनमन्दिरमा विराजमा शिवलाई “मिथक“ भन्नेलाई प्रश्न गर्न मन लाग्यो ।

धेरै देश घुमियो, धेरै मान्छेसंग सङ्गत गरियो । धेरै धार्मिक समुदायहरूसँग उठवस गरियो, बुद्ध–पूर्णिमा, ह्लोसार, इद, क्रिसमसजस्ता धार्मिक एवं सांस्कृतिक कार्यक्रममा प्रेमपूर्वक, मित्रतापूर्ण तवरले समावेश भइयो तर ती समुदाय र देशका अखवारहरूले वाइबल वा कुरानका विषयवस्तुहरूलाई ‘मिथक’ लेखिएको पढ्न पाइएन् । उनीहरू आफ्ना सांस्कृतिक पर्वमा आनन्द लिन्छन्, एकआपसमा प्रेम साटासाट गर्छन् । यसो गर्दा उनीहरूमा कुनै पनि प्रकारको हीनताबोध हुँदैन । ‘मिथक वा बास्तविक’ भन्ने कुनै वहस हुँदैन । पर्वहरूलाई आत्मविश्वास तथा सामाजिक सद्भाव तथा एकताका रूपमा स्वीकार गरिन्छ । नमान्नेले पनि ‘मिथक’ भन्दै अपमान गर्दैनन् ।

प्रगतिशील हुनु, अग्रगामी हुनु, विज्ञानमा विश्वास गर्नु एउटा कुरा हो भने आफ्नै संस्कृतिको आलोचना गर्न घृणावादको बाटो अवलम्बन गर्नु अर्को कुरा हो । नेपाली राजनीतिमा समाजवाद तथा साम्यवादको अर्थ नै ‘आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा तथा विज्ञानप्रति उदासीन वा आक्रामक हुनु र विदेशी राजनीति, प्रतिमान तथा धर्महरूप्रति लोयल’ हुनुनै कर्तव्य बनेको छ । हिन्दू–बौद्धहरूलाई मुसाई–कपु आँखाले पढ्नु नै गलत हो । इतिहासमा हिन्दू राष्ट्रहरूको हत्या गरिएको छ तर कुनै पनि हिन्दू राष्ट्रले अन्य संस्कृतिको हत्या गरेको छैन । प्रगतिशील र समाजवादको नाम जप्दैमा नेपालले क्रायोजनिक इन्जन अमेरिकालाई वेच्न सक्ने भए नेपाली राजनैतिक शक्तिहरूले अहिले बेच्ने थिए ! हिन्दू धर्मको खेदो खनेर बस्ने थिएनन् ।

आराध्यदेव पशुपतिनाथ र शिवरात्रि पर्वलाई ‘मिथक’ लेख्ने अखवारका पानाहरू पल्टाएर हेरें, त्यो अखवार र ती लेखकले बौद्धपूर्णिमा, इद, क्रिसमस वा इस्टर वा भेलेन्टाइन–डेका अवसरका लेखे र छापेका लेखहरूमा ‘मिथक’ शब्द प्रयोग गरेका थिएनन् । यतिबिध्न आफ्ना मौलिक चाडवाडसंग घृणा गर्ने, शत्रूता राख्ने तथा हिन्दू–हरूका सांस्कृतिक, धार्मिक तथा सांस्कृतिक पर्वहरूसंग घृणा गर्ने मानसिकताको स्रोत के होला ? मैले आफैसंग प्रश्न गरें । अर्को कुरा, हिन्दू एउटा विशाल संस्कृति हो । सांस्कृतिक रूपमा यसभित्र पनि आलोचना तथा सुधारका धेरै थोक छन् । हिन्दू–समाजले आफुलाई सुधारी रहेको छ । जडतामा ‘प्रगतिशील र समाजवादीहरू छन् जसले मुसाई कट्टरपन्थीहरूलाई ‘धर्मनिरपेक्ष शक्ति“को मान्यता दिएका छन् । संसारको राजनीतिमा यो भन्दा आश्चर्य अरू केही हुनै सक्दैन कि धर्मनिरपेक्षवादीहरू धर्मपरिवर्तन गराउनमा मरीमेटीरहेका छन् ।!

यसको उत्तर हो – घृणावादी राजनीति र शिक्षानै यसको स्रोत हो । यदि कसैलाई आफ्नो धर्म, संस्कृति तथा सभ्यतासंग घृणा हुन्छ भने त्यो समाज र देश नै छोडेर आफुलाई मन पर्ने धर्म, संस्कृति तथा परम्पराको अङ्ग बन्न जान्छ । तर जो आफ्नै समाजभित्र बसेर, यहाँका संसाधनहरूको प्रयोग गरेर, यसै संस्कृतिको जरो काट्ने काम गर्छ त्यो मानो रोगी हुन्छ अथवा “विदेशी भाडा“को घोडा । भाडाको घोडाको काम आफ्ना मालिकहरूको उद्देश्य पूर्ति गर्नु बाहेक अरू कुनै काम हुँदैन ।

यस पटक श्रीपशुपतिनाथमा पहिलापहिलाजस्तो भक्तजनहरूको घुइचो छैन । भारतीय दर्शकहरू भारतमै रोकिएजस्तो लाग्यो । अर्कोतिर, पशुपतिनाथको मन्दिरभित्र वाहेक खासै उत्सवको बातावरण छैन । सरकारीतन्त्रले श्रीपशुपतिनाथको पर्यटनसँग खेलवाड गरेको प्रष्टसंग देख्न र बुझ्न सकिन्छ । सायद, तथाकथित प्रगतिशीलहरूले नेपाललाई सांस्कृतिक तथा धार्मिक पर्यटनको स्थलका रूपमा होइन ‘समाजवाद’को पर्यटनस्थल बनाउने तयारी गर्दैछन् । नेपालका मौलिक तथा सांस्कृतिक एवं धार्मिक पर्वहरू नष्ट गर्दा कसलाई ‘नाफा हुने’ हो, सरकारीतन्त्रमा रहेका ‘दास’हरूले नै जानुन् ।

श्रीपशुपतिनामको एउटा नाम ‘अचिन्त्य’ पनि हो । शिव के हुन् उनै ले जानुन् । तर विश्वका एक अर्ब २० करोड़ हिन्दूहरूका मनमा “शिव“को निवास छ । सबै शिव मन्दिर जान जरूरी छैन तर शिव मन्दिर नजाँदैमा मनबाट शिवको अवसान हुँदैन । शिव (शान्ति) शङ्कर (शान्ति दाता) पशुपति (चेतना) तथा शक्ति जताततै व्याप्त छ । मिथक लेखेर विदेशी अन्नदाता रिझाउने वा आफ्नो ‘दम्भको जडता प्रकट गर्ने तिमीलाई पनि ‘शान्ति र शक्तिले’ विभेद गर्ने छैन । मृत्युको महारात्रीबाट तिमी जोगिन सक्ने छैनौ । तिम्रो मृत्यु ‘शून्यता’मा हुने छ भने मेरो मृत्यु शिवको शान्त काखमा हुनेछ । तिमी जीवनको अन्त्यसम्म घृणावादमा बाच्ने छौँ र तर मभित्रको शिवसंग म प्रेम, स्नेह, पूर्णता, सन्तोषसंग बाँच्ने छु ।
श्रीपशुपति नाथ हामी सबै नेपालीका साझा आराध्यदेव हुन् । कुकुरहरू भुक्दैमा केही फरक पर्दैन । सन् १३४९ मा कासिमले पशुपतिनाथमा विध्वंस मचाएको थियो र उसले आगो लगाएका कारण काठमाडौँका पुस्तकालयहरू पांचमहिनासम्म जलेको इतिहास छ । तर त्यो इतिहास विर्सेर आज सरकारीतन्त्रका मान्छेहरू ‘एकलकाटेवाद’का आराधनाकर्ताहरूलाई स्वागत गर्न व्यस्त छ । मानवाधिकारको तलवार तेर्स्याएर तथाकथित बलिया राष्ट्रहरूले नेपालको सांस्कृतिक गौरव नष्ट गर्न आदेश दिएको होईन भन्न मिल्ने अवस्था र छैन । यी क्रूरतम कुकुरहरूले हिन्दू संस्कृतिलाई जति लुझेर समाप्त पार्न खोजे पनि ‘सनातन’को अन्त्य असम्भव छ ।

वैदिक सनातन धर्म नदीझैं गतिशील छ । यो गतिशीलतासंग ‘जडतावादी’ हरू रिसाएका छन् । आफ्नो जडतापूर्ण एकलकाटेवाद (राजनैतिक र धार्मिक) नेपालको बहुलवादी संस्कृतिमा थोपर्न चाहन्छन् । राजनीतिसंग विदेशी एकलकाटेवादीहरूको गठवन्धन लुकेको छैन । नेपाली वैदिक सांस्कृतिक सम्पदामा ‘एकलकाटे’ हरूको दुष्ट नजर परेको छ । यहाँ ती दुष्टहरूका धेरै मतियार जन्मिएका छन् । गतिशीलताको सबैभन्दा राम्रो पक्ष परिवर्तनशीलता र स्वीकार्यता हो । आज वैदिकहरूप्रति राजनैतिक पूर्वाग्रह बढेको हुँदा ‘हिन्दूहरूसँग कट्टरताको बाटो अपनाएर आफ्नो पहिचान जोगाउनुको विकल्प छैन । यदि राजनैतिक शक्तिहरूले आफ्नो दृष्टिकोण परिवर्तन गरेर नेपालको मौलिकताको पक्षमा उभिंदैन भने त्यस्तो पूर्वाग्रह विरुद्ध हिन्दूहरू एकठाउँमा उभिनु पर्छ । वैदिक संस्कृतिको सांस्कृतिक आमहत्याका विरुद्ध बोल्नैपर्छ ।

नेपाल शिवशक्तिको देश हो । नेपाल बुद्धको देश हो । तिमीले जसको गुलामी गरिरहेका छौं उसले विश्वलाई अशान्तमात्र होइन अणुवमहरूको जाल ओछ्याएर तिम्रो ‘मिथक’समेतलाई धरापमा पारेको छ । शिव–शक्ति र पशुपतिनाथको देशबाट विश्वलाई अशान्त बनाउने कुनै क्रियाकलाप हुने छैन तर तिमीजस्ता ‘मिथक’का स्वामीहरूले नेपालीहरूको पनि शान्ति भङ्ग गरिरहेको छ । तिमीजस्ता ‘घृणावादी’का कारण नेपालले आफ्नो हिमाल गुमाउनु परिरहेको छ, सनातन संस्कृति गुमाउनु परेको छ । कहिलै नदेखिएको नसुनिएको ‘जातिवाद, भूगोलवाद, भाषावाद, रेसिज्मका कारण देश दुख्न थालेको छ । यति हुँदाहुँदै पनि श्रीपशुपतिनाथले तिम्रो कल्याण गरूँन् । तिम्रो मष्तिस्कभित्र भरिएको घृणावादको विष श्रीनिलकण्ठले स्वीकार गरूँन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान