एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । केन्द्रमा समीकरण फेरबदल भएसँगै एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारबाट बाहिरिएको हो ।

समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।