सालीनले देखाएको समाजको कुरूप अनुहार !



डा. गोविन्दशरण उपाध्याय ।
मनोविज्ञान परामर्शका छात्रछात्राहरूको अध्ययन भ्रमणको क्रममा उपत्यका प्रहरी प्रभागका अधिकृतले ‘नेपालमा दिनहुँ डिभोर्सका केसहरू बढ्दै छन् । यसले पारिवारिक विखण्डन निम्त्याइरहेको छ । बढ्दो वैदेशिक रोजगारी र व्यक्तिगत महत्वाकांक्षा सायद यसको कारण हुन सक्छ’ भन्ने विचार राखेका थिए । यस्तो विचार प्रकट गरेको दूई महिनाभित्र अर्जुन मैनालीसहित अनेकौं व्यक्तिले आत्महत्याको बाटो रोजे भने यही बाटोमा चितवनको सालीन पनि परिन् । अहिले सामाजिक संजानमात्र होइन सर्वसाधारणको ‘दिमाग’पनि तातेको छ । धेरै त आफै न्यायाधीश बनेका छन् ।

शालीनप्रति श्रद्धाञ्जली दिंदै गर्दा नेपाली सामाजिक सञ्जाल निकै ‘उग्र’ देखिएको छ । १४ वर्षीया मृत्युप्रति आक्रोशित हुनु स्वाभाविक हो तर सामाजिक सञ्जालमा सम्बन्धित बालिकाको फोटो शेयर गर्दै ‘फाँसी’को मांग गर्नेहरूको सङ्ख्या निकै छ, सायद यस्तो गर्नु उचित होइन । आत्महत्या र बलात्कारपछि हत्या छुट्याउने काम पुलिस र अदालतको हो । सामाजिक संस्थाले पुलिस र अदालत दूवैलाई ‘अविश्वास’ गरेको छ । कटुटिप्पणी होला तर यस्तो अविश्वासको जरोमा आजको भ्रष्टतम राजनैतिक संस्कृति हो । जनतालाई प्रधानमन्त्री र मन्त्रीहरूले झूटो काम र बचन दिंदैनन् भन्ने कुरामा कत्तिपनि विश्वास छैन ।

शालीनको आत्महत्याको कुनै पूर्ति छैन । शालीनकको हत्याको हत्याको दोष आधुनिकता र कन्ज्युमरवादलाई दिनु पर्छ । कन्ज्युमरवादले बाबु र आमा दूवैलाई पारचुके गरायो र तीनचार वर्षकी शालीनलाई विनाकारणदण्डित गर्यो । फलाना मातापिताको सन्तान भएर जन्मनुमा सालीनको कुनै भूमिका थिएन तर सालीन एक्लो हुनुमा तिनका आमावुवा र समाजको भूमिका थियो । समाजले आत्महत्या देख्यो तर बालबालिका जमाएर ‘अनाथ’ विकसित हुँदैगरेको संस्कृतिका (विकृतिका) विषयमा धेरैले मुखमा ‘दही’जमाएका छन् । मातापिताको झगडाले (डिभोर्स) शालीनको ज्यान लिएको हो भन्ने आँट कसैमा छैन । महिलाहरू महिलाअधिकारको मांखेसङ्ग्लोमा बाँधिएका छन्, पुरुषहरू आफ्नो अहङ्कारमा भासिएका छन् ।

धनिदेशका नागरिकहरूको सिको गर्दै ‘स्वतन्त्रता रोज्ने आमाबुवा’हरू यो देशमा बढ्दै छन् । शालीन आरम्भमात्र हो । सरकारीतन्त्रले स्वतन्त्रताका नाममा लोग्नेस्वास्नी’ दूवैलाई अथाह अधिकार दिएको छ तर कर्तब्य पालना गर्ने विषयमा संविधान चूप छ । संविधानले आमाबुवाको झगडाको बलि चढेका बालबालिकाका लागि क्षतिपूर्ति दिने कल्पनासम्म गरेको छैन । शालीनका मातापितालाई दोष दिएर समस्याको समाधान हुँदैन । दाम्पत्य जीवन भन्दा व्यक्तिगत सुखलाई महत्व दिने ‘जड आधुनिकतावादी’ नीतिहरूको बलिवेदीमा अझैं असंख्य शालीनहरू चढ्ने छन् ।

सरकार र राजनैतिक पार्टीहरू आधुनिकताको मादकतामा चुलुम्म डुवेका छन् । ‘पारचुके’ संस्कृतिको क्रूरताले सर्लिनहरूको आत्महत्या हुँदा ‘प्रधानमन्त्री’हरू बोल्छन् । बास्तविकतासंग भाग्न सकिन्न आफुले जन्माएका बालबालिकालाई अनाथ बनाएर ‘पारचुके’ गर्ने र अर्को विवाह गरेर ‘स्टेप–मदर, स्टेप–फादर’का कारण ‘गल्स तथा बोयज हस्टेल’हरू बढ्दै छन् । यी हस्टेलहरू असलमा ‘आमावुवा’ भएका अनाथहरू राख्ने केन्द्र भएका छन् । आ–आफ्ना नया लोग्ने र स्वास्नीसंग सम्बन्धित बालबालिकाका आमा र वावु दूवैको रमाइलो जीवन होला तर शालीनहरू हरेक पल मानसिक तनाव, बितृष्णा, एकांगीपन तथा चरमनिराशा गुज्रिरहेका हुन्छन् ।

हो, नेपाली कानुनले पारचुकेको व्यबस्था गरेको छ । लोग्ने र स्वास्नीका विचमा असामान्य विवाद भएर दुई मध्ये दूवैको वा एउटाको जीवन नै संकटमा पर्छ भने जतिसक्दो ‘पारचुके’ गरेर अलग हुनु उचित हुन्छ । तर यदि पारचुके लिनुको कारण केवल अर्को विवाह हो भने पारचुके वालबालिकासंग विश्वासघात हो । विश्वासघात गरेकोमा दूवैले ‘सजाय’ पाउनु पर्छ । साथै, राज्यले नीतिनै बनाएर विवाहित ‘लोग्नेस्वास्नी’लाई दाम्पत्य जीवनका विषयमा मनोबैज्ञानिक, सामाजिक, सांस्कृतिक, शारीरिक तथा आध्यात्मिक शिक्षा दिनुपर्छ । सायद ‘एडजस्टमेन्ट’को शिक्षा सबैभन्दा बढी आवश्यकता हुन्छ ।

व्यक्तिगत स्वतन्त्रताका नाममा नेपाली लोग्नेस्वास्नीहरूका विचमा स्वच्छन्दतावाद बढ्दो छ । यस्तो स्वच्छन्दतावादलाई ‘अधिकार’का रूपमा स्थापित गरेर पारिवारिक विखण्डनलाई प्रोत्साहित गर्ने ‘अधिकारकर्मी’हरू पनि सक्रिय छन् । अत्यावश्यक हुँदा डिभोर्स गर्नुपर्छ तर डिभोर्सको बलिवेदीमा शालीनहरूलाई चढाउने अधिकार कसैलाई छैन । डिभोर्सलाई प्रोत्साहित गर्ने सरकारी र अधिकारवादी नीतिहरूले डिभोर्सपछि विचल्लीमा पारिने ‘बालबालिका’को पालनपोषण, प्रेमआदिको समुचित व्यबस्था गर्न सक्नुपर्छ । आफ्नो व्यक्तिगत अधिकारका लागि बालबालिकाको अधिकार खोस्नेहरू ‘शैतान’ हुन् । शैतानीपूर्ण सरकारी नीति र व्यक्तिगत अधिकारको दुरुपयोगले परिवार विखण्डित हुन्छ र शालीनहरू मर्छन् भन्ने तत्थ्य सायद अहिलेको समाजले बुझ्न सक्दैन वा बुझ्न चाहन्न भन्न सकिन्न । अस्तु भविष्यमा सालीनहरूले ‘नोट’ लेख्ने अवस्था नआओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान