नयाँ सत्ता समीकरण संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने खेलः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता समीकरणमा आएको परिवर्तनले प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको बताएका छन् । सामाजिक संजालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको सत्ता समीकरणबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने, जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ कके केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो । उनले केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘वामपन्थी÷कम्युनिष्ट एकतानिम्ति’भन्ने कुरा गलत भएको बताए ।

उनले भनेका छन्, ‘केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिष्ट एकतानिम्ति’भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने! विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ – अब अति भो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न आह्वान

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५

दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४

देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका