सङ्घीय निजामती सेवा ऐन र प्रहरी ऐनको मस्यौदा छिट्टै संसदमा प्रस्तुत हुन्छः प्रधानमन्त्री



लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीयताका नवीन र असल अभ्यासको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताए । उनले भने, “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै सङ्कल्प गर्न जरूरी छ ।”

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायतका विषयमा महत्तवपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताए ।

“आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।”

प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत सङ्घीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे ।

प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने सङ्कल्प गरिएको बताए ।

सङ्घीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको, सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायतका अन्य मस्यौदा पनि छिट्टै संसद्मा प्रस्तुत हुने दाबी गरे ।

प्रधानमन्त्री दाहालले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गरे । उनले भने, “लुम्बिनी क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त हो ।”

नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायतका राजनीतिक–सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीले महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, त्यही फैसलाअनुसार अगाडि बढ्छौँः उपमहासचिव ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने काममा लाग्यो’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने ६ कम्पनीको लाइन काटियो, बक्यौता नबुझाउने उद्योगीको अडान

काठमाडौँ । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ