महिला र पेवा-संस्कृति



डा. गोविन्दशरण उपाध्याय ।
डलरेहरूले जति मनुस्मृतिको आलोचना गर्छन्, यसको शक्ति त्यतिनै बढ्छ र नपढ्ने मान्छेले पनि खोजिखोजी पढ्छन् । मनुस्मृति एउटा इतिहास हो जसले हिन्दू संस्कृति र आचार–व्यबहारलाई प्रतिमानयुक्त बनाएको छ र आजको दिनमा पनि नेपाली समाजले स्वस्फूर्त आंशिकरुपमा सही, पालन गरिरहेको छ । यो नेपालको राजनैतिक संविधान होइन । नेपाल मनुस्मृतिले चल्दैन । मनुस्मृतिले महिलाको विषयमा पनि बोलेको छ ।

‘पेवा’ शब्दले महिलाको एकलअधिकार भएको सम्पत्तिलाई जनाउँछ । मनुस्मृति ९’१९४ मा भनिएको छ विवाहमा मातापिताले दिएको, विवाहमा उपहार प्राप्त भएको, पतिले दिएको, अन्य अवसरमा दाजुभाइ मातापिताले दिएको र आफूले कमाएको धनलाई स्त्री धन अर्थात् ‘पेवा’ भनिन्छ । मनुस्मृतिले प्रष्टसँग ‘स्त्रीधनमा’ सम्बन्धित महिला बाहेक कसैको पनि अधिकार नलाग्ने प्रष्ट पारेको छ ।

‘पेवा’को नाम फेरिएको होला, स्वरूप फेरिएको होला तर ‘पेवा’ विषयमा महिलाको मनोविज्ञान भने धेरै फेरिएको छैन । मैले एकजना उच्चपदमा काम गर्ने महिलासंग सोधें “के तपाईं आफ्नो घरका लागि खर्च गर्नु हुन्छ ? उहाँको जवाफ थियो ‘मेरो श्रीमानले राम्रो कमाउनु हुन्छ । मेरो कमाई घरखर्चमा प्रयोग गर्नु पर्दैन । यो मेरो कमाई हो । घरखर्च चलाउने काम ‘उहाँ’को हो । सुन्दा कुरा ठीकै लाग्छ, तर ‘घर खर्च चलाउने दायित्व उहाँको हो’ भन्नुमा पेवा–संस्कृतिले ठूलै प्रभाव पारेको छ ।

केही अपवाद वाहेक उच्चपदमा आसीन महिलाका लोग्ने यदि तल्लो पदमा छन् वा महिलाका तुलनामा लोग्नेको आर्थिक आर्जन कम छ भने लोग्नेस्वास्नीका बीचमा ‘राम्रो’ तारतम्य देखिंदैन । भारतवर्षमा यस्ता वैवाहिक सम्बन्धहरूमा पारचुकेका वादलहरू देखिन्छन् । महिलाले कमाएको सम्पत्ति ‘पेवा’ हुन्छ तर लोग्नेले कमाएको सम्पत्ति ‘लोग्ने र स्वास्नी’ दूवैको हुन्छ । नेपाली समाजको मानसिकता यस्तै छ ।

आज समय वदलिएको छ तर यही पेवा संस्कृतिको प्रभावले होला स्त्रीले पारचुके दिए पनि वा लोग्नेले पारचुके दिए पनि ‘लोग्नेले स्वास्नीको’ व्यवस्था गर्नुपर्छ । सम्पत्ति कमाएको भए पनि स्वास्नीले लोग्नेलाई ‘मानापाथी’ भर्नु पर्दैन । भर्खरै भारतमा एउटी ‘आइएस अफसर’ले आफ्ना लोग्नेसँग पारचुके मागिन् किनभने उ जागिरे थिएन र अफसर स्वास्नीको कमाईमा निर्भर थियो । अर्कोतिर, भारतवर्षका लोग्नेहरूले स्वास्नीसहित गृहस्थी चलाउनु आफ्नो दायित्व ठान्छन् । केही उदार ‘स्वास्नी’का लागि यस्तो मनोविज्ञानले पोल्छ किनभने स्वास्नीहरू दायित्व शेयर गर्छ चाहन्छन् । केही लोग्नेहरूलाई स्वास्नी उच्चपदमा पुगेको पच्दैन । ‘पोथी वास्दैन’ भन्ने तुच्छ मनोविज्ञानले दाम्पत्य जीवनलाई पिरोल्छ र कहिलेकाहीं हीनताबोधले परिवारमा कलाह अन्त्यमा पारचुके पनि निम्तिन्छ ।

नेपालीहरूले विवाहमा धेरै खर्च गर्छन् । आफ्नो पूँजीले नसक्ने हुँदाहुँदै पनि छोरीको विवाहका लागि ऋण गर्ने र त्यही ऋणले घरनघाटको हुने अभिभावहरू पनि हामीले देखेका छौँ । छोरीप्रतिको माया र लोभी ज्वाइँपक्षले धेरै दुलहीको ज्यान लिएका छन् । यहाँ बुझ्नु पर्ने कुरा के हो भने यदि दाइजो स्वेच्छाले दिइन्छ भने पेवा मानिन्छ । यदि त्यही दानका लागि बाध्य परिन्छ भने गलत हो । मनुस्मृति पढ्दा ‘केटापक्षबाट केटी पक्षले केही धन लिने’ गरेको भेटिन्छ तर केटी पक्षको ढाड भाँचिने गरी ‘दाइजो वा दहेज’ समाजका लागि अभिशाप नै भएको छ । दहेजको ‘सित्तैवाद’का उपभोक्ताहरू तथाकथित पढ़ालिखा सभ्य बर्ग छ ।  बाहिर दहेजको विरोध गर्ने भित्रभित्र दाइजोका लागि मरिमेट्नेहरूको सङ्ख्या बढ्दो छ । दहेजको सबैभन्दा विकृत पक्ष नै के हो भने ‘दाइजोमा प्राप्त धन–सम्पति’को प्रयोग दुलहीले प्रयोग गर्न पाउन्नन् ।

दोषी दूवैतिर हुन्छन् तर ‘पेवा’का सवालमा स्वास्नी मान्छेहरू बढी रिजिड हुन्छन् । लोग्नेहरूले ‘स्वास्नीको कमाईमा वस्नु पर्यो’ भन्ने हीनताबोध पनि उत्तिकै हुन्छ । आजको राज्यव्यबस्थाले निजी–सम्पतिको अधिकार दिन्छ । यो अधिकार महिला र पुरुष दूवैलाई वरावर छ । तर ‘पेवा’ व्यबस्था केवल महिलालाई प्राप्त छ र कानुनले पनि (सायद) यसको संरक्षण गरेको छ । मुस्लिम समदायमा ‘मेहर’ स्वास्नीको ‘पेवा’हुन्छ ।
अन्त्यमा, ‘पेवा’ संस्कृतिका विषयमा महिलाहरूको के विचार छ र सम्पत्ति भएका महिलाहरूले पारचुके दिंदा ‘अंश’ दिनु पर्ने/नपर्ने कानुनी व्यबस्था के छ ? जान्नेले जवाफ दिन अनुरोध गर्छु । वैदिक संस्कृतिअनुसार ‘पेवा’ विवाहित वा अविवाहित महिलाको त्यस्तो सम्पत्ति हो, जुन केवल सम्बन्धित महिलाको आफ्नो तजविज हुन्छ । सम्बन्धित महिला जीवित रहंदासम्म त्यो ‘पेवा’मा कसैको हक लाग्दैन र कसैलाई दिनु पनि पर्दैन ।
ॐ तत्सत्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज