काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकमा अधिकांश सदस्यले नछोड्ने भनेकाले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । माओवादीले प्रधानमन्त्री गुमाउने बितिक्कै संवैधानिक परिषद्मा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई दबाब दिइरहेका छन् ।
गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादीले पनि अध्यक्षमा दाबी गरेको छ ।

प्रतिक्रिया