यस्तो छ प्रदीप पौडेलको २८ बुँदे संकल्प प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकमा २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् । महासमितिको बैठकमा पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् ।

पौडेलले पार्टीको सदस्यतादेखि अन्य सबै प्रक्रिया र विवरणलाई अनलाइनमार्फत् गर्ने व्यवस्था गर्नुपर्ने र पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरेका छन् । त्यस्तै, पार्टीभित्र सबै तहको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, भ्रातृ संस्थामा मनोनयन गर्न नपाइने, भ्रष्टाचारमा सार्वजनिक दोषारोपण गरिएका प्रकरणहरुमा निष्पक्ष व्यक्तिहरुलाई सहभागी गराएर पार्टी आफैँले दबाबविहीन अनुसन्धान गर्ने व्यवस्था गर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले पार्टीका मुख्य पदमा सदस्यबाटै चुनिने गरी विधान परिवर्तन गर्न र पार्टीलाई पूर्णरुपमा आमनागरिकमा आधारित मास बेस्ड पार्टीकारुपमा विकास गर्न समेत संकल्प गर्न प्रस्ताव गरेका छन् ।