काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार प्रस्तुत भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल हुँदैछ । मंगलबारको बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो ।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
महासमिति बैठकमा पेस गरिएका पाँच वटा प्रतिवेदनमा आजदेखि लफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया