गगन थापाको प्रतिवेदनः हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौँ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कार्यकर्ताले रुख चिन्हमै मतदान गर्ने कुरा सुनिश्चित गर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने बताएका हुन् ।

उनले भविष्यमा हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने सुनिश्चित गरिने बताए । उनले प्रस्ताव पेश गर्दै भनेका छन्, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’

महामन्त्री थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने प्रस्ताव राखेपछि देउवाले थापालाई रोक्न खोजेका थिए । तर सोमबार रातिसम्म भएको छलफलपछि प्रस्तावमा देउवाले सहमति जनाएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाघको आक्रमणबाट बर्दियाको बकुवा सामुदायिक वनमा गोठालो गएकी महिलाको मृत्यु

गुलरिया  । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

सिंचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध चार करोड ८८ लाख गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार

अधिकार लिन पनि र दिन पनि सक्ने प्रदेश चाहिएको हो, अहिले यो अवस्थाको आभाष हुन सकेनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तहलाई बलियो बनाउने प्रदेश चाहिएको