त्रिविको उपकुलपतिमा तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाईः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध व्यक्तिलाई ल्याउन लागिएको बताएका छन् । सोमबार पार्टी निकटको राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्रिविको उपकुलपतिमा भागवण्डा नगरी एकलौटी गरेको बताएका हुन् ।

उनले भने, ‘असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार ! तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई । किनभने धेरै असफल भएको मान्छे चाहियो नि !’

उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस भएको छ । त्यसैगरी अध्यक्ष ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेको बताए ।

उनले भने, ‘जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका छन् । तिनीहरूले धेरै मान्छेलाई डुबाए । ‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त उद्योग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी