लोग्नेस्वास्नीका लागि ‘पाँच’ कुरा



डा. गोविन्दशरण उपाध्याय ।
नेपाली समाजमा केटा र केटी सँगै वस्नु तथा बालबालिका जन्माउनुको अर्थ नै ‘विवाह’ भएको मान्ने चलन छ । विवाहपूर्व प्रेम गर्नेहरूले पनि विवाहको औपचारिकता पूरा गर्छन् । आज पनि नेपाली समाजले विवाह नगरी संगै वस्ने र बच्चा जन्माउने ‘कार्य’लाई राम्रो ठान्दैन ।

वैदिक समाजको सबैभन्दा असल र विश्वले अनुकरण गर्न चाहेको परम्परा नै ‘विवाह र दाम्पत्य’ हो । यहाँ विवाहसँग पारचुकेको कल्पना नै हुँदैन । त्यसैले होला, विश्वका अन्य संस्कृति र सभ्यताका तुलनामा नेपाली तथा भारतीय पुरुष र स्त्रीका विचको दाम्पत्य सबैभन्दा बढी विश्वसनीय छ । १० हजार जनामा मुस्किलले एकजनामा ‘पारचुके’ हुन्छ ।

दाम्पत्य जीवन राम्रो हुनु महत्वपूर्ण कुरा हो लामो हुनु महत्वपूर्ण होइन । यदि कसैको दाम्पत्य ५० को पुगेको छ तर ती दम्पति जीवनभरी एकअर्कालाई ‘बोझ’ ठान्दै बाँचे भने त्यस्तो दाम्पत्यको प्रशंसा गर्न सकिन्न । हाम्रो समाजमा ‘लोग्नेस्वास्नी’ले एकआपसमा सास्ती हुँदाहुँदै पनि ‘नजानेर’ आफ्नो कष्ट आफैसंग बोकेर हिँड्छन् । रमाइलो हुनु पर्ने जीवन ‘बोक्नै नसकिने’ भारी हुन्छ । यो सानो आलेखले तपाईंलाई सहयोग गर्न सक्छ ।

जुनसुकै अवस्थामा केटा र केटी सँगै वस्ने र बालबच्चा जन्माउने कार्य गरेपछि ती जोडी ‘लोग्नेस्वास्नी’ मानिन्छन् । तर विवाह हुँदैमा वा संगै वस्दैमा सबै कुरो ‘असल’ हुँदैन । खासगरी धेरैजसो सानो उमेरमा वा पाको उमेरमा प्रेम विवाह गरेका जोडीहरूको दाम्पत्य “कलहपूर्ण“ हुने अनुसन्धानहरूले प्रमाणित गरेका छन् । यद्यपि सबैलाई एकै थालमा राख्नु उचित हुँदैन ।

यदि तपाईं विवाहित हुनुहुन्छ र ‘कुरो’ मिलेको छैन भने निम्न तीन–चारबटा कुरामा ध्यान दिंदा सजिलो हुन्छ । सँगै हुनु एउटा सकारात्मक आरम्भ हो तर संगै भएर ‘खुसी’ हुन नसक्नु पारिवारिक जीवनका लागि अत्यन्त दुखदायी हुन्छ ।

१. पहिलो, समानता के के छन् ? दूवै जना फरकफरक व्यक्ति र फरकफरक पृष्ठभूमिबाट आएको हुँदा एडजस्ट हुन समय लाग्छ । तर एकआपसमा ‘प्रेम’ भएर नै संगै भएको हो । दूवै बसेर हामी विच “समानता“ के छ भन्ने कुराहरू पहिचान गर्नुपर्छ । यसले असमानताका सवालमा सहमति बनाउन मदत मिल्छ ।

. दोश्रो, जव दूई लोग्नेस्वास्नीले आफुविच रहेको असमानता थाहा पाउँछन् तेसबाट ती असमानताहरूको सम्मान गर्ने र तिनलाई मिलाउने दिशातिर अगाडी बढ्नुपर्छ । यो ‘एडजस्टमेन्ट’को क्रिया हो । दुवैले आ–आफ्ना रूचि, भावना, चाहना तथा आवश्यकताहरू एकअर्काका लागि केही छोड्नु पर्छ केही अपनाउनु पर्छ । सुरुमा गाह्रो भए पनि पछि सजिलो हुन्छ ।

३. तेश्रो, विवाहपूर्वको जिन्दगी र विवाहपछिको जीवनशैली एकै हुँदैन । कल्पनाबाट वाहिर निस्केर घरायसीकामा सहकार्य गर्ने, सेक्सका विषयमा एकआपसी सहमति कायम गर्ने, बालबालिका जन्माउने र हेरचाह गर्ने विषयमा सहमति कायम गर्ने र असजिलो परिस्थितिमा एकअर्काप्रति विश्वास गर्ने र असहयोग नगर्ने समझदारी गर्नुपर्छ ।

४. चौथो, विवाह सबैभन्दा महत्वपूर्ण र कठीन निर्णय हो । दुवै जनाले एकअर्कालाई स्वीकार्न गर्ने र उसको वास्तविक जीवनमा ‘प्रभाव’ पार्ने हुन्छ । यस्तो अवस्थामा ‘भावनात्मक’ रूपमा एकअर्कालाई सधैं सहयोग गर्नुपर्छ । यतिगर्दा जीवनको स्वाद नै छुट्टै हुन्छ । सधैं याद गर्नुपर्छ – पूर्णता कहीं पनि हुँदैन । स–सानो कुरामा खुसी हुन सिक्नुपर्छ ।

पाँचौं र अन्त्यमा, प्रेम विवाह गरेकामा एकआपसमा इगो बढी देखिन्छ । वैवाहिक जीवनमा इगो सबैभन्दा घातक हुन्छ । इगोलाई रोक्ने सबैभन्दा सजिलो उपाय भनेको ‘सुन्ने क्षमताको विकास’ गर्नु हो । एउटाले अर्काको कुरा सुन्ने धैर्य गुमाउनु हुँदैन । एकजना चर्को वोलिरहेको अवस्थामा अर्को पनि चर्को बोल्ने हो भने झगडा बढ्छ, मन मुटाव बढ्छ, इगो पनि त्यत्ति नै बढ्छ । त्यसैले एउटा आगो हुँदा अर्को शान्त हुने अभ्यास गर्दा परिवार सुखी हुन्छ । दाम्पत्य सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी

भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथि एमालेले गर्यो कारबाही

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य

भावविह्वल बनेकी रेजिना भन्छिन्-बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, म उसकै मुखबाट सुन्न चाहन्छु

भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद