त्रिविको नेतृत्व चयनमा अदृश्य रूपमा भागबन्डा नगर्न पूर्वउकुलपतिहरुद्वारा निर्णायकहरूको ध्यानाकर्षण



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले नयाँ नियुक्त हुने उपकुलपतिलाई आफ्नै टिम बनाएर काम गर्न पाउने गरी व्यवस्था गर्न आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्तिमार्फत पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनजंग शाहले दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको भए पनि उपकुलपतिको राम्रो छनोट मात्र सबै समस्याको समाधान नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाएर काम गर्न पाएमात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने हुँदा उपकुलपतिले आफ्नो टोली आफैँ बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनु पनि उत्तिकै आवश्यक छ । यस प्रावधानतर्फ पनि सम्बन्धित सबैको ध्यान जाओस्, हाम्रो आग्रह छ ।’

त्यस्तै उनीहरुले विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरूको राजनैतिक सहमति आवश्यक रहेको पनि बताएका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय राष्ट्रको एक धरोहर संस्था हो र यसको सुधारले देशको विभिन्न पक्षमा सकारात्मक असर अवश्य पर्ने बताएका छन् ।

उनीहरूले त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको लामो समय भइसकेको बताउँदै अब अरू ढिलो नगरी सिफारिस समितिले यथाशीघ्र उत्कृष्ट उमेदवारको सिफारिस गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयहरूको नेतृत्व चयनमा अदृश्य रूपमा भागबन्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने छ । यसतर्फ पनि हामी निर्णायकहरूको ध्यान आकृष्ट गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न सक्दैनः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई

अमेरिकी सहयोग क-कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम

गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले

अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको