लोग्ने-स्वास्नीका कुरा



डा. गोविन्दशरण उपाध्याय ।
यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ । एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो । छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन । नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् । भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई “पीडक“ र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् । के यस्तो हो त ?

पटक्कै होइन । पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् । हो, दुई अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ । लोग्ने र स्वास्नी दुवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन । स्वभावतः विमति हुन्छन् ।

विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन । मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् । ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ । १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ । तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् । पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् ।

माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् । धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै । अनन्तः कुरा मिलाएर क्रमभंग हुन्छ । पतिपत्नी एकै ठाउँमा उभिएर आ–आफ्नो दायित्वमा फर्किन्छन् । पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि “ठूलो झगडा“ भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् ।

आफ्नो संस्कृति हुन्छ । नेपाली तथा भारतीय पतिपत्नीहरू ‘साइलेन्ट लभर’ घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले ‘करकर’ गर्ने लभर बढी हुन्छन् । पश्चिमा पतिपत्नीहरू बाटोमा हिँड्दाहिँड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू ‘ठ्याकठुक्क’ गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् । बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ । ‘ठाकठुक’जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् ।

नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र त्यस्तै हुन्छ । नेपालमा धेरै जातजाति र समुदायहरू छन् । ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन । विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि ‘डिभोर्स’लागि विवाह गर्दैनन् । विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ । केही अपवाद बाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थायी छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् । किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग ‘साइलेन्ट लभ’ गर्छन् ।

आधुनिकतावादीहरूले ‘डिभोर्स’लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासँग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि सँगै वस्न सकेनन् । धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन । साध्य त केवल ‘पतिपत्नीका विचमा गहिरो प्रेम’ मात्र हो । क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु । अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा ‘प्रेम, समर्पण, विश्वास तथा सम्मान’ले धेरै ठाउँ ओगटेको हुन्छ ।

अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पीडितका रूपमा व्याख्या गर्न त्यागौं । सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ । सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई निःशर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् । आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुःखी हुन्छन् । उनीसँग भएको सम्पत्तिले सुख किन्न सक्दैन, प्रेम किन्न सक्दैन । बरू घृणा फैलाउन सक्छ । पतिलाई पत्नीको र पत्नीलाई पतिको ‘खेदो खन्न सिकाएर’झनै दूरी बढाउँछ ।

असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ । सरल रहौं, सावधान रहौं । पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने नसहौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने