मधेस सरकारबाट बाहिरियो जनमत


जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार जनमतको मधेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिएका छन् ।

मधेस सरकरमा जनमतबाट शिक्षा तथा संस्कृति र श्रम तथा यातायात गरी दुई जना मन्त्री सहभागी थिए । पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ।

मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ । सोमबार सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो ।