काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारलाई नौ बुँदे निर्देशन दिएको छ । बुधबार बसेको आयोगको बैठकले निर्वाचनको व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरू मध्यनजर गर्दै नौ बुँदे निर्देशन दिएको हो । माघ ११ गते १९ पदका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।



प्रतिक्रिया