हिन्दू पहिचानका संस्थापकः पृथ्वीनारायण शाह



डा. गोविन्दशरण उपाध्याय ।

१. हिन्दूजागरणका पुरोधा
आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीमारायण शाह नै हुन् । भारतवर्षमा धेरै राजा भए तर ती सबैले आफ्नो राज्यको कुरा गरे । राणा प्रताप होस् वा शिवाजी – दूवैले अकवर र औरंगजेवसंग हिन्दू–संस्कृतिको राक्षाको लागि युद्ध गरेका होइनन् । उनीहरूले आफ्नो राज्य जोगाउन सङ्घर्ष गरेका हुन् । शिवराज विजय नामको संस्कृत पुस्तकमा ‘हिन्दू राष्ट्र वा हिन्दू पुनर्जागरण’ कुनै उल्लेख छैन । राणा प्रतापको कुरा पनि चित्तौडगढ़मा टुंगिएको छ । ‘असली हिन्दूस्थाना’को वैश्विक दृष्टिकोण राजा पृथ्वीनारायणले अगाडी सारेका हुन् । त्यसैले शाह आधुनिक विश्वका पहिला राजा हुन् जसले हिन्दूहरूका लागि खाट्टी हिन्दुराष्ट्रको स्थापना गर्ने सपना देखे र आंशिकरुपमा हिन्दू राष्ट्रको स्थापना गरे ।

२. पहिलो दस्तावेज
पृथ्वीनारायण शाहको दिव्यउपदेश हिन्दू–राष्ट्रको लागि तत्कालीन अवस्थामा तयार पारिएको पहिलो दस्ताबेज हो । यो दस्तावेजले प्राचीन वैदिक स्मृति ग्रन्थहरूको सार समेटेर ‘हिन्दू राष्ट्रको शासकीय स्वरूप’ प्रस्तुत गरेको छ । निश्चय नै यो तत्कालीन नेपालसंग सम्बन्धित थियो तर अंग्रेजले विश्वका अनेकौं राष्ट्रहरूलाई आफ्नो उपनिवेश बनाएर इसाई संस्कृतिको विस्तार गरिरहेका अवस्थामा हिन्दू धर्मशास्त्रका आधारमा छुट्टै राष्ट्रको परिकल्पना र स्थापना दूवै युगान्तकारी कर्म ठहरिन्छन् ।

३. पहिलो हिन्दू राजा
इसाई/मुसाई र पश्चिमा पद्यतिको राजनैतिक प्रतिमान अङ्गिकार गर्नेहरूको पहिलो रीस नै पृथ्वीनारायण शाहले नेपाललाई हिन्दूस्थाना घोषित गर्नु र असली हिन्दूस्थानाको पहिलो सार्वभौमसत्ता सम्पन्न हिन्दू –राजा हुनु हो । हो, यस अगाडी पनि धेरै हिन्दू राजा भए ती मध्ये कसैले पनि हिन्दूराजा भएको घोषणा गरेका छैनन् । मुसाई(मुस्लिम यहुदी इसाई) र कसाई (कम्युनिष्ट–समाजवादी)हरूले एउटा रैथाने नेपालीले हिन्दूराष्ट्र स्थापना गरेको र पहिलो राजा भएर धर्मपरिवर्तनकारी शक्तिहरूलाई देश निकाला गरेको तत्थ्य आजसम्म हजम हुन सकेको छैन । राजा पृथ्वीनारायण शाहले २६० वर्ष अगाडी मुसाई र कुसाईलाई दिएको झापट उनीहरू नेपालका रैथाने हिन्दू–सनातनी तथा जैन–बौद्धलाई नामेट परेर बदला लिन चाहन्छन् । धर्मनिरपेक्षवादी पार्टीहरूका हिन्दु–संस्कृति विरुद्धका अराजक गतिविधिले यही भनिरहेको छ ।

४. समावेशीका राजनीतिका जनक
राजा पृथ्वीनारायण शाहले ‘चार जात छत्तिस वर्णको फुलवारी’ भन्दै कसाई–मुसाई मर्ममा प्रहार गरेका छन् । कसाई–मुसाईहरूको प्रमुख लक्षनै एकधर्म, एक देवदूत, एक पुस्तक, एउटा भाषा र एउटा राजनैतिक व्यबस्था’ स्थापना गरेर विश्वबाट अन्य धर्म, संस्कृति, परम्परा तथा राजनैतिक आस्थाको समूल नाश गर्नु हो । मुसाईको घोषित लक्ष हो यो भने कसाईले पनि ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो“ भन्दै एकलकाटे राजकीय प्रणाली स्थापना गर्न चाहन्छन् । राजा पृथ्वीनारायण शाहले विश्वका कुसाई–मुसाई दूवैलाई ‘बहुलतावादी शासकीय तन्त्र केवल असली ‘हिन्दूस्थाना’ले मात्र ग्यारेन्टी गर्छ र अन्य राजकीय व्यबस्थाहरू एकलकाटे हुन् भन्ने प्रष्ट संदेश दिए । एउटा थपकुरा, आजको समावेशीकरण जालझेली, भाइभतिजावाद, स्वास्नीवाद, घृणावाद र पैसावादमा अडिएको छ तर तेसबखत यो विचार ठुलै क्रान्ति थियो ।

५. हिन्दूराष्ट्रका पहिलो राजा
पृथ्वीनारायण शाह अहिलेका लागि इतिहासका उज्ज्वल पात्र हुन् । उनले जैन , बौद्ध, मुसाई र कुसाईहरूको सदियौंदेखि दलनमा परेर हिन्दूहरूको अस्तित्वबोध समेतगुमाउँन आँटेका सनातिनीको अस्तित्वलाई पुनः जगाउने काम गरेका छन् । ऋषिहरूले ‘उत्तिष्ठ, जागृत वरान्निबोधत’ भन्ने पुकारलाई आधुनिक सन्दर्भमा उपयोग गरेका हुन् । जैन तथा बौद्धहरूले पनि प्रत्यक्ष रूपमा हिन्दू-संस्कृतिकै खेदो खनेका हुन् तर आज यो इतिहास हो । आजको सन्दर्भमा हिन्दू, जैन तथा बौद्धहरूका साझा शत्रु मुसाई–कुसाई नै हुन् । इन्डियाले नेपालको हिन्दू अस्तित्वलाई स्वीकार नगर्ला तर राजा पृथ्वीनारायण शाहले असली हिन्दूस्थानाको अवधारणा अगाडी नसारेको भए अहिले भारतमा हिन्दूहरूले पुनर्जागरणको पक्षमा भोट दिने थिएनन् । भारतीयहरूले स्वीकार नगरे पनि पृथ्वीनारायण शाह हिन्दू पुनर्जागरणका आदिपुरुष हुन् ।

६. सम्झनयोग्य राजा
तत्कालीन नेपालका रजौटाहरू मध्ये पृथ्वीनारायण शाह पनि एक जना हुन् । अन्य राजाहरूको त्यति चर्चा हुँदैन । एउटा रजौटाले नेपाल एकीकरणको सपना देख्नु, त्यो सपना पुरा गर्नु, देशको मौलिक इतिहास बुझेर ‘असली हिन्दूस्थाना’ घोषणा गर्नु, अंग्रेजहरूको एकलकाटे राजधर्म बुझेर ‘बहुलवादी मानव–समाजको स्थापना’ गर्नु, आजको भयावह समय देखेर मुसाईहरूलाई देश निकाला दिनु, देश–भरिको विविधतालाई स्वीकार गर्दै ती विविधताको सुरक्षा गर्ने जिम्मा स्थानीयतहलाई नै दिनु र आफुले पढ्न नसके पनि आफ्ना सन्तान र नागरिकलाई पढ्न प्रेरित गर्नु तथा एउटा कुशल राजाका रूपमा चीन तथा भारतसंग सरल सम्बन्ध निर्माण गर्ने अभिप्रेरित गर्नुले यी एउटा सम्झनयोग्य राजा भएका छन् । शाहको दीव्य उपदेश अहिलेको शासकीय प्रणालीका उपयुक्त नहोला तर उनले स्थापित गरेका प्रतिमानहरू सम्झन र अनुकरण गर्न योग्य छन् ।

७. महानायक
२६० वर्ष अगाडीको सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक चेतनामा आकाशपातालको फरक आएको छ । राज्यहरू शक्तिशाली राष्ट्रहरूमा रुपान्तरित भएका छन् । वीरभोग्या वसुन्धराजस्ता कथनहरू इतिहास बनेका छन् । मान्छेको स्वभाव र चाहनामा परिवर्तन भएको छ । मान्छेको जनसंख्या र आवश्यकता पनि त्यो समाजले सोच्नै नसक्ने गरी बढेको छ । तर हिन्दु धर्म र संस्कृतिका उपर आक्रमणको तीब्रता त्यो समयभन्दा बढी नै सनातनीहरूले अनुभव गरेका छन् । इन्टरनेट, रडियो, टेलिभिजनआदिको विस्तारका कारण हिन्दू–संस्कृतिको बहुआयामिक स्वभावको आयतन निकै बढेको छ । यस्तो अवस्थामा लगभग तीन हजारवर्षदेखि निरन्तर दलनमा रहेका हिन्दूहरूको आत्मबल बढेको छ र पहिचानको प्राप्तिको लागि पुनर्जागरण हुँदैछ भने यसको केही श्रेय श्रीपृथ्वीनारायणलाई पनि दिनुपर्छ । छोटो समयका लागि भए पनि विश्वका हिन्दुहरूले आफ्नो पहिचानको राष्ट्र प्राप्त गरेका थिए । तर मुसाई–कसाईको बक्रदृष्टी र सनातनीका विचमा रहेको अशिक्षाको कारणले त्यो गुम्यो । हिन्दू–राष्ट्र गुम्दा विश्वका हिन्दुहरू खुसी छैनन् । अव सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको विश्वका हिन्दूहरूको स्वाभिमानमा रुपान्तरित भएको छ । नेपालले तेसको नेतृत्व गर्नुपर्छ । महानायकका रूपमा पृथ्वीनारायण शाहको विकल्प छैन ।

८. अग्रगमनका प्रणेता
इतिहासलाई गालीगलौज गर्ने संस्कृतिले नेपाल र नेपालीको भलो हुँदैन । सत्य हो कि आजको मितिमा मुसाईहरू पनि नेपाली नागरिक छन् । अन्य नागरिसरह तिनको पनि यो देश हो र हुनुपर्छ । देशको एकजना नागरिकले पनि अपहेलित, अपमानित तथा तिरस्कार गरेको अनुभव गर्नु हुँदैन । तर जर्ज जेकव ह्यालोक (१८१७–१९०६) ले मुसाईहरूसंग मोहभंग भएर जुन धर्मनिरपेक्षताको कल्पना गरे, त्यो नेपाली समाजको चरित्र विरुद्ध हो । उदाहरणका लागि धर्मका मामिलामा सधैं एकलवादी तथा क्रूरतम अभ्यासगरिरहेका यहुदी, इसाई तथा मुस्लिमहरूले नेपाली राजनैतिक संस्कृतिमा धर्मनिरपेक्षताको आवरण स्वीकार गर्नु, छल, प्रपन्च तथा धुर्त्याईको अन्तिम अवस्था हो । राजा पृथ्वीनारायण शाहले मुसाईको धुर्त्याई बुझेर बहिष्कार गरेका थिए तर उनको समयमा कसाई थिएनन् । मुसाई र कसाईले गठबन्धन गरेर वैदिक संस्कृतिको विनाश गरिरहेको सत्य हो । आजको समाजले उपर्युक्त सत्य बुझेन भने नेपालमा वैदिक संस्कृति इतिहासको विषय हुनेछ । नेपालबाट मुसाईको अन्त्य नहोला तर निस्तेज बनाउनुको विकल्प छैन । हो, नेपाली समाज वैदिक समाज र संस्कृतिको अस्तित्व पहिचानको स्थापनामा छ । पृथ्वीनारायण शाहले हिन्दु–पहिचानलाई राजनैतिक प्रतिमानका रूपमा संस्थागत गरेका हुन् ।

९. रजौटाबाट राजा बने
त्यो समय विश्वभरीनै राजा र सामन्तहरूको हुकुम चल्थ्यो । जित्ने राजा हुन्थ्यो हार्ने रैकर । नेपाल यो भन्दा भिन्न थिएन । गोर्खाका रजौटा पृथ्वीनारायण शाहले ठूलो राजा बन्ने सपना देखे । त्यस बखतको चलनअनुसार युद्ध गरे । कति पल्ट हुन्छ हारे । धेरै पटक युद्ध जिते । युद्ध गरेर राज्य बढाउनु पर्ने, शक्ति आर्जन गर्नु पर्ने समयमा आजको नैतिकताको कल्पना गर्ने र पृथ्वीनारायण शाहबाट ‘जेनेभा–सन्धि’अनुसारको व्यबहार खोज्नेहरू धूर्त हुन् । यो धुर्त्याई जानाजान पृथ्वीनारायण शाहको बदनामी गर्न, उनले उत्थान गरेको ‘हिन्दू पुनर्जागरणलाई निस्तेज गर्न प्रयोग गरिएको हो । यदि त्यस बखत प्रसिद्ध घृणावादी गोपाल गुरुङ, लोकतन्त्रवादी पूर्वप्रम बाबुराम भट्टराई, वर्तमान प्रम प्रचण्ड, एमालेका शक्तिशाली नेता केपी ओली र तथाकथित राजाहरूको घोर विरोध गर्ने जुनसुकै नेता वा कार्यकर्ता रजौटा भएको भए त्यही गर्थ्यो । केही गर्न नसक्नेले रजौटा पृथ्वीनारायण वा अन्यको रैती भएर काम गरिरहेको हुन्थ्यो । सबैभन्दा अचम्मको कुरा के भने राजाको मूर्ति ठड्याएर राजाकै विरोध गर्ने ‘पहिचानवादी’को कुरा बुझ्न सकिन्न ।

१०. घृणावादीको भलो होस्
एउटा तीतोसत्यले विदेशीका चौकीदारहरूलाई पोलिररहेको हुन्छ । त्यो केहो भने राजा पृथ्वीनारायण शाहले आफ्नो देशको धर्म, संस्कृति तथा परम्परा जोगाउन हदैसम्म प्रयत्न गरेकै हुन् । यी ‘जूठे’हरू राजा पृथ्वीनारायण शाहको ‘सनातनी छवि’ कत्ति पनि मन पराउन्न । आजका मोडर्नहरू ‘पृथ्वीनारायण विरोधी’हरू पहिचानको ठूलो वकालत गर्छन् तर क्रिसमस डे, मोहम्मद डे का दिन क्रस र टोपी लगाएर जुलुसको पछाडी–पछाडी हिड्ने गर्छन् । हिन्दु धर्म, संस्कृति तथा संस्कारहरू विरुद्ध आगो ओकल्नुलाई ‘समाजवाद’ भन्छन् । घृणावादीहरूले हिन्दुहरूलाई जगाउने नै काम गरिरहेका छन् । यी सबैको भलो ठान्नुपर्छ । दिसा धोएपछि मात्र अन्य कर्म गर्न मिल्छ । यिनै घृणावादी, एकलकाटे मुसाई–कसाइका अत्याचारले विश्वभरिका हिन्दुहरूलाई आफ्नो पहिचान स्थापित गर्न अभिप्रेरित गरिरहेको छ । नेपालको सम्पूर्ण जनसंख्यामा ८१.३% प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पिडित हुँदैछन् । हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान ‘दीव्य–उपदेश’ले पुनर्जागरणको बाटोलाई अझैं सशक्त तथा फलदायी बनाउन मदत गरिरहेको छ ।

अन्त्यमा, राजा पृथ्वीनारायण शाह प्रत्यक्ष रूपमा तत्कालीन नेपालीहरूका राजा थिए तर अप्रत्यक्ष रूपमा विश्वभरिका हिन्दुहरूको आत्मसम्मान, अस्तित्व तथा पुनर्जागरणका सम्राट थिए । यो कुरा अंग्रेजी भारतले स्वीकार गर्ला’नगर्ला तर सनातन धर्मका विनम्र अनुयायीहरूका लागि गौरवको, आस्थाको, विश्वासको मन्दिर सरह हुनेछ । हामी उनको सम्मान गर्छौ । नेपाली जनतातिनको सम्मान गर्छन् । तिम्रा दिलक राजा रोमतिर, जर्मनतिर होलान् । उनैको भक्ति गर तर नेपालको इतिहासलाई विकृत र वदनाम नगर । राजा पृथ्वीनारायण शाहको योगदानलाई तिमीले अस्वीकार गरे पनि विश्वभरिका हिन्दुहरूले स्वीकार गर्ने छन् र गरिरहेका छन् ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता

लगानी सम्मेलनमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ ।  तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख