प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ मेरो भूमिका रहनेछः नेता सिटौला



विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।

बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए । लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै सिटौलाले भने, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन संकल्प गरेर यो व्यवस्था ल्याएका हौं त्यसअनुसार काम गर्न सकेका छैनौं, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौ ।’

संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए ।

संघीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्दै सिटौलाले भने, ‘पहिलो पाँच वर्ष संघीयता कार्यान्वयन गर्न नसकी खेर गएको छ । जसले जनतालाई विकासको अनुभूति दिलाउन सकेन । प्रदेश सरकार वास्तवमा सरकार हुन पाएन, अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य, र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ हाम्रो भूमिका रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सभामुख पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु अशोभनीयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच

सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न