सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति गठन



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धन बैठकले चार दलबाट एक–एक नेता रहने गरी समिति बनाएको हो ।

जसमा नेपाली कांग्रेसका प्रमुख सचेतम रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमन छन् । समितिले निर्वाचन परिणाममुखी बनाउन सबैसँग छलफल गर्ने जसपाका प्रवक्ता सुमनले जानकारी दिए ।

समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबार बस्ने उनले बताए । सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १९ जना उमेदवार उठाएको छ । जसमा कांग्रेसबाट १०, माओवादी ६, एकीकृत समाजवादी दुई र जसपाबाट एकजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को