सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रियसभामा यसरी सिट बाँडफाँट हुँदै



काठमाडौं । राष्ट्रियसभामा सिट बाँडफाँटमा भएको सहमतिलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । गएराति भएको बैठकमा सहमति नजिक पुगेका गठबन्धन दलका नेताहरु त्यसलाई अन्तिम रुप दिन जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी छन् । गएरातिको बैठकमा सहभागी नेताहरुका अनुसार निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने गरी मोटामोटी सहमति भएको छ ।

तर, बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको बताइएको छ । राष्ट्रिय सभा निर्वाचनमा दलहरुको दाबी रिक्त सिट संख्या भन्दा बढी भएपछि सत्ता गठबन्धनमा भागवण्डा मिलाउन सकस भैरहेको थियो ।

हिजै बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई कुनैपनि सिट नदिने सहमति भएको थियो । यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभामा आफुलाई समेत सिट दिन आग्रह गरेको थियो ।गठबन्धन दलले साझा उम्मेदवार उठाउने भएपछि एमालेले पनि १९ सिटमा एक्लै उम्मेदवार उठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सभामुख पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु अशोभनीयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच

सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न