राष्ट्रियसभा निर्वाचनः आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै



काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सभामुख पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु अशोभनीयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच

सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न