पुनर्जागरणले निम्त्याएको छट्पटी !
डा. गोविन्दशरण उपाध्याय ।
हिन्दू पुनर्जागरणबाट अत्तालिएका बुच्याखाहरू अमेरिकी र युरोपियनको झोला बोकेर बर्बराउन थालेका छन् । यसको सीधा अर्थ हो–हिन्दूहरूको पुनर्जागरण सफल हुँदै छ । एकलवादी यहुदी, इसाई र मुस्लिमको आँखाले हिन्दु–संस्कृतिलाई बुझ्नेहरू यसै गरी बर्बराउन र आतंकित हुनुपर्छ । यो घृणावादको चीरपरिचित हतियारमा खिया लागेको प्रमाण हो ।
मुस्लिमहरूले विश्वभरी मच्चाएको आतंक होस् वा इसाईहरूले मानवता विरुद्ध गरेका असंख्य अपराधहरू वा साम्यवाद र पूँजीवादका नाममा बगाएको रगतको खोला नै किन नहोस्, अमृत ठानेर आचमन गर्ने तर हिन्दु–संस्कृतिप्रति नाइटोको बल निकालेर असहमत हुनेहरू आतंकित भएको देख्दा, सुन्दा र पढ्दा सनातन धर्मको मौलिकता र बसुधैव कुटुम्बकंंलाई जीवन दर्शन बनाउनेहरू आनन्दित हुनुपर्छ ।
विगतका २६ सय वर्षहरू हिन्दुहरूले सधैं मुस्लिम इसाईहरू र त्यसपछि घृणावादको व्यापार गर्ने पश्चिमा ‘झोले’हरूको राजनैतिक, धार्मिक तथा वैचारिक परतंत्रता भोग्दै आएको सही हो । आज यदि हिन्दुहरूले स्वतन्त्र हिन्दुराष्ट्र, हिन्दु–स्वाभिमान र हिन्दु गौरव खोज्दै छन् भने गौरवको कुरा हो । बुच्याखाहरू आतंकित हुनैपर्छ ।
हो बुच्याखाहरूको स्वभाव यस्तै हुन्छ । एकातिर अमेरिकी साम्राज्यवादी सल्लाहको स्वागत गर्छन् अर्कोतिर उपनीषदीय उदाहरणको बल्झीमा हिन्दुहरूलाई ‘तिमीहरूका पूर्वजहरूले तर्कमा विश्वास गर्थे त्यसैले तिम्रो हिन्दू परिचय अतार्किक भएकोले त्याग्न तयार हुनुपर्छ’ जस्ता उपदेश दिनबाट पछि हट्दैनन् र हिन्दुहरूलाई भड्काउने नीति अन्तर्गत मुसाईहरूको झिनो आलोचना पनि गर्छन् । यो आलोचना पनि “साहुजी“हरूलाई खुशी पार्ने तवरले गरिएको हुन्छ । अन्ततः सारचाहिं हिन्दु–संस्कृतिको जरो काट्नु नै हुन्छ ।
अचम्मको कुरा कुनै पनि मुस्लिम वा इसाईले हिन्दूहरूप्रति गुनासो गरोस् वा नगरोस् तर “झोले“हरू घृणावादका बीऊ लिएर स्वेकीय सल्लाहकार बनेर सल्लाह दिन्छन् । इसाई र हिन्दू, मुस्लिम र हिन्दू, बौद्ध तथा हिन्दू एउटा मन्चमा बसेर उभिएर बौद्धिक बहस गरिरहेको अवस्थामा ‘बुद्धिले होइन हतियारबाट ‘सिन्थेसिस’मा पुग्न उक्साउन्छन् । सल्लाह नै दिनु छ भने यस्तो सल्लाह पाकिस्तान, अफगानिस्तान, युगान्डा, सिरियामा गएर दिनु । मुस्लिम राष्ट्रहरूले हिन्दुहरूलाई माया गरेर काम दिएका होइन, समाजवादीहरूको ‘सस्तोमा मान्छे बेच्ने’ नीतिका कारण भएको हो । होइन भने, गुगलका सीओ होस् वा युकेका प्रधानमन्त्री वा सिंगापुरका राष्ट्रपति हिन्दु हुने थिएनन् ।
हो, सल्लाह नै दिनु छ भने साउदी र अरवियन राष्ट्रहरूलाई मुस्लिम शरणार्थी स्वीकार गर्न दिनु उचित हुन्छ । सल्लाह नै दिनु छ भने यहुदी, इसाई र मुस्लिमहरूलाई बहुलता स्वीकार गर्न भन्नुपर्छ । सल्लाह नै दिनु छ भने अमेरिकीहरूले नेपालको मामिलामा हस्तक्षेप नगर्नु भनेर दिन सक्नुपर्छ । हिन्दुहरूलाई आफ्नो अस्म्मिता र परिचय त्यागेर ‘धर्मनिरपेक्षवादी’ बन भनेर सल्लाह दिंदा एकलवादी धार्मिक कट्टरताका मामिलामा वदनाम मुसाईहरू ‘धर्मनिरपेक्षवादी’ कसरी हुन्छन् ? जवाफ त दिनु पर्ने हुन्छ ।
नेपालका प्रगतिशीलहरू अचम्मका प्राणी हुन् । एकातिर धर्म नै मान्दैनौं भन्दै भाषण ठोक्छन् अर्कोतिर तिनै धार्मिक कथाहरू, त्यसका पात्रहरू, तीर्थस्थलहरू, लेखौटहरू र ऋषिमुनिहरूको ‘प्रगतिशील–इतिहास’ लेख्छन् । नेपालमा यस्तो अभ्यास संस्कृतका विद्वान “मोदनाथ पौडेल (प्रश्रित)ले देवासुर संग्राम लेखेर आरम्भ गरेका थिए । स्वर्ग, नर्क, पापपुण्य, देवीदेवता र धर्म सबै “झूटा“ हुन् भने त्रिविष्टप तिब्बत किन भन्नु पर्यो र असुरलाई दश्युको रूपमा प्रस्तुत किन गर्नु पर्यो ? त्यसपछिका संस्कृत पृष्ठभूमि भएका गोपीरमण उपाध्याय, नारायण आचार्य, विष्णु प्रभात, स्वर्गीय शङ्कर शर्मा, दीनानाथ शर्माआदिले मार्क्सवादले चिन्दैनचिनेका वैदिक साहित्यको प्रगतिशील पुनर्जागरण गर्दैछन् ।
अझैं कुरा गर्ने हो भने आजकल यिनले आफुलाई बौद्ध समेत भन्न थालेका छन् – मानौं बुद्ध धर्मका संस्थापक बुद्ध मार्क्सवादका प्रथम आचार्य हुन् र मार्क्स त्यसका आधुनिक प्रवर्तक !! नेपालका धेरैजसो प्रगतिशीलहरूले बुद्ध मात्र होइन वेदमन्त्र साक्षत्कार गरेका ऋषिहरूलाई समेत ‘विज्ञानवादी भौतिक’ घोषणा गरेका छन् । कुनै पनि बौद्धले बुद्धलाई भौतिकवादी भनोस् नभनोस् तर हिन्दुहरूप्रति विद्वेषको भावना राख्दै आफूलाई अम्बेदकरले बौद्ध भनेझैं नेपाली कम्युनिस्टहरू भटाभट बौद्ध मार्गका पथिक भएको घोषणा गरिरहेका छन् ।
–आधुनिक संचारको विकासले हिन्दु–संस्कृतिलाई पुनर्जीवन दिएको छ । लगभग २५ सय वर्षदेखि निरन्तर आफ्नै र विदेशीआक्रमणकारीहरूको निर्दयी बौद्धिक तथा भौतिक आक्रमणमा परिरहेको हिन्दू–जीवन दर्शनको पुनर्जागरण हुँदैछ । यस्तो पुनर्जागरणका पहिलो योद्धा महान् दार्शनिक मण्डन मिश्र तथा राजा भर्त्रीहरी हुन् । त्यसपछि महान् आचार्य शङ्करले सनातन धर्मलाई बौद्धहरूको अत्याचारबाट उम्काउन सफल भएका थिए । भाग्यवादी सनातनीहरूले स्वतन्त्रताको उपयोगलाई सन् ७११ मुस्लिम आक्रमणकारी मोहम्मद वीन कासिमलाई सीमित बनाउन थाल्यो । जम्मुकास्मिर र गुजरातको सोमनाथ मन्दिरहरू विभत्स तवरले भत्काइयो ्र लाखौं सनातनीहरूको हत्या गरियो, इज्जत लुटियो । नेपालले भने पहिलो इस्लामिक आतंकवादको फोहोरी स्वाद सन् १३४७ मा बङ्गाल सुल्तान समसुदीन इलियासबाट चाखेको थियो । उसले पशुपतिनाथको लिंग भंजन गरेको थियो । त्यही मेसोमा उसले अनेकों बौद्ध चैत्यहरू र पुस्तकालयमा आगो लगाएको थियो ।
भारतीय घृणावादी राजनीतिज्ञ भीमराव आंबेडकरका शिक्षाहरूमाँ विश्वास गर्ने अर्धमुसाईहरूले आचार्य शंकरलाई पुस्तकालयहरू जलाएको र बौद्धस्थलहरू कब्जायेर मन्दिर निर्माण गरेको आरोप लगाउँछन् । सन् १८१७ मा बृटिशमूलका भारतीय इतिहासकार जेम्स मिलले इसाईहरूको भलो गर्ने योजनाका साथ लेखेको इतिहासले ‘हिन्दू–सनातनी’हरूको खुवै आलोचना गरेको देखिन्छ । स्वाभाविक रूपमा उसले लेखेको इतिहासमा मुसाईहरू एकेश्वरवादी भएकोले सर्वश्रेष्ठ र मूर्तिपूजक तथा बहुलवादी भएकोले सनातनी कमसल हुने नै भए । राजा पृथ्वीनारायण शाहले एकलवादी इतिहासलाई अस्वीकार गरेर बहुलवादी ‘हिन्दूस्थान’को प्रतिमान स्थापित गर्दा मुसाईहरू, सुड़ो–बुद्धिस्ट तथा अर्धमुसाई (धर्मनिरपेक्षतावादी)हरूको मानसिकता खल्वालिनु स्वभाविक हो ।
अहिलेको समय हिन्दू–सनातनीहरूको पुनर्जागरणको हो । गौरवका साथ भन्नुपर्छ कि नेपालमा यस्तो पुनर्जागरणको नेतृत्व राजा पृथ्वीनारायण शाहले आरम्भ गरेका हुन् भने भारतमा स्वामी विवेकानंदले गरेका हुन् । रगतका आधारमा हिन्दूहरूको इतिहास स्थापित गर्ने प्रतिमान अस्वीकार्य हुँदाहुँदै पनि बीडी सावरकर र डा. हेडेग्वरले हिन्दू–सनातनीको गौरवशाली इतिहासलाई आधुनिक परिपेक्षमा सांगठनिक तथा राजनैतिक रुपले वैश्विकतहमा स्थापित गरेका छन् । आज यदि चरम अराजक इतिहास भएका मुसाई तथा समाजवादीहरूले हिन्दूको पुनर्जागरणलाई ‘मुस्लिम वा इसाई आतंकवाद’को श्रेणीमा राखेर पढ्ने प्रयत्नगरिरहेका छन् भने यो तिनको आफ्नै इतिहासको मनोविज्ञानको साक्षात्कार गर्दैछन् ।
हिन्दुहरूलाई मुसाईको श्रेणीमा राखेर बुझ्ने र बुझाउने प्रयत्न गर्नेहरू हार्न लागेको इतिहासका झोलेहरू हुन् । हिन्दीमा एउटा भनाई छ ‘सौ चूहे खाकर बिल्ली हजको चली’ आफ्नो घृणित इतिहास भएकाले “धर्मनिरपेक्षता“को खोल ओढेर हिन्दुहरूलाई ‘मुसाई’जस्तो नबन्न उपदेश दिंदै छन् । अनेकौं षड्यन्त्र गरेर हिन्दुहरूको मनोबल गिराउने प्रयत्न गरिरहेका छन् । आफ्नी विवाहिता पत्नीलाई छोडेर अर्काकी श्रीमतीसँग जाने ‘नाठो’ले सम्मानको आशा नगरे हुन्छ । अहिले अर्काकी स्वास्नीसंग जोइला गएका “नाठा“हरूको रुवाबासी चलेको छ । अचम्मको कुरा त के छ भने जोइका जोईहरूले नै ‘नाठा’हरूसंग आफ्ना श्रीमती पठाएका हुन् र हरेक मिलनको हिसाव माग्दा यिनको विचल्ली हुँदैछ ।
हरेक सनातनी एउटा स्वतन्त्र योद्धा हुनुपर्छ जसले आफ्नो मौलिक तथा सधैं प्रगतिशील धरातलको पहिचान स्थापित गर्ने बौद्धिक युद्ध गर्दै छ । हरेक नेपाली ऋषिहरूको अमृत सन्तान हो । स्वतन्त्रता र प्रगतिशीलताको मामिलामा यो अजेय र अद्वितीय छ । खासगरी, नेपाली वैदिकहरूले विश्व हिन्दू पुनर्जागरणको गौरवशाली आरम्भको नेतृत्व गर्नुपर्छ । विश्वका हिन्दुहरूले हिन्दूराष्ट्रहरू प्राप्त गर्नुपर्छ किनभने यो अधिकार र कर्तव्य दूवै हो ।