क्रिसमस, सुदन र तुष्टीकरण
डा. गोविन्दशरण उपाध्याय
१. इसाईहरूको महानचाड क्रिसमसको अवसरमा इसाईहरूप्रति शुभकामना दिनुको सट्टा ‘इसाईहरूले नेपालका मौलिक धर्मसंस्कार, संस्कृति तथा धर्मपरिवर्तन गर्न डलर खाएको’ भन्दै व्यापक गुनासाहरू पोखेको पढ्न सकिन्छ । यो सबै नेपाली इसाईहरूको धार्मिक तथा सांस्कृतिक व्यबहारका कारणले भएको हो । क्रिसमसका कार्यक्रमहरूमा जनजातिका पोशाक प्रदर्शन गरेर उपरोक्त आरोपबाट इसाईहरू चोखिन खोजेको बुझिन्छ ।तर सत्यलाई बख्खुले छोप्न सक्दैन । धर्मपरिवर्तन गरेर इसाई बनिसकेका व्यक्तिहरूले आफ्नो मौलिकता परिवर्तन गरिसकेको हुँदा ती भोटे, बाहुन, दमै, कामी वा क्षेत्री, मधेशी जे–सुकै जातिका हुन् ती नेपालको ‘रैथाने पहिचानसंग बिद्रोह गरेका व्यक्ति हुन् ।उनीहरूको जात ‘इसाईमात्र हो’ ।
२. क्रिसमस पर्वको वेलामा इसाईहरू विरुद्ध गालीगलौज गर्नेहरू ‘कागजका बाघ’ हुन्। नेपाली इसाई समुदाय र तिनका चाडवाड तथा चर्चहरूलाई गालीगलौज गर्दैमा धर्मपरिवर्तन रोकिन्न । यो तत्थ्य सुदन किराती, ऋषि धमला, विरोध खतिवडा र कांग्रेस पार्टीको मौन स्वीकृतिले सिद्ध भैसकेको छ । डा. बाबुराम भट्टराई र सुदनहरू त घोषित इसाई नै हुन् । इसाईहरूले शिक्षाक्षेत्रको प्रयोग गरेर ‘इसाई नेपालको प्रमुख धार्मिक समुह हो’ भन्ने तत्थ्य स्थापित गरिसकेको छ । नेपाल सरकारको तत्थ्यांक विभागलाई प्रयोग गरेर धर्मका महलमा “इसाई“ थप्न सफल भएको छ भने हिन्दुहरूलाई ‘धर्मका महलमा सीमित पार्न सफल भएका छन् । उनीहरू प्रतिक्रिया दिनुभन्दा पनि आफ्नो काममा बढी सक्रिय छन् ।नेपालको रैथाने संस्कृतिका पक्षधरहरूले असहमति व्यक्त गर्दागर्दै पनि हरेक वर्ष क्रिसमसको अवसरमा २४ देखि ३० हजार नेपालीहरूले धर्म परिवर्तन गर्छन् ।
३. सुदन किरातीको आलोचित वक्तव्य रणनैतिक कार्यक्रमको एउटा नियोजित अङ्ग हो । सुदन किरातीको वक्तव्य विरुद्ध जतिधेरै नकारात्मक प्रतिक्रिया हुन्छ त्यतिनै नेपाल क्रिश्चियन महासंघले ‘नेपालमा इसाईहरू असुरक्षित छन्, हिन्दूहरूका कारण नेपालमा इसाईहरूलाई ज्यान जोगाउन गाह्रो छ त्यसैले विश्वका मिसनरी र सरकारहरूले नेपाली इसाईहरूको मानमर्यादा र डिग्निटीको रक्षाका लागि आर्थिक सहयोग गर्नुपर्छ’ भन्दै पुनः सहयोग प्राप्त गर्छ । यो तत्थ्य प्रमाणित गर्न धेरै टाढा पुग्नु पर्दैन, समाज कल्याण परिषदमा आवद्ध इसाई संघसंस्थाले स्वीकृति लिएको बजेटको आकार हेर्दा पुग्छ । कागज मिलाएर ल्याएको बजेट अस्वीकृत गर्न मिल्दैन – एकजना अधिकृतले लेखकसंग भनेका थिए । त्यहाँबाट स्वीकृत अर्बौंको बजेट अपेक्षाकृत सोझा दुर्गमक्षेत्रका आदिवासीहरूको धर्मपरिवर्तन गर्न प्रयोग गरिएको छ ।
४. सरकारी तन्त्रभित्र इसाईहरूको व्यापक प्रभाव छ । हरेक वर्ष क्रिसमसको अवसरमा छुट्टी दिने र महत्वपूर्ण मन्त्रिहरूलाई कार्यक्रममा बोलाएर आफ्नो प्रभाव स्वीकार गर्न लगाउने – इसाई संस्थाहरूको रुटिन नै हो । प्रचण्ड, सुदन किराती, रामशरण महतआदिलाई कुनै हिन्दूहरूले बनाएको मन्दिर, सप्ताह वा अन्य चाडवाडमा उभिएर प्रवचन दिएको विरलै सुन्न पाइन्छ तर घृणावादलाई विस्तार गर्ने साँघुरो मानसिकता भएका धार्मिक–समुदायहरू स–साना आयोजनाहरूमा पनि उपर्युक्त नेतृत्वहरूको घुईचो लाग्छ । असलमा, यो सबै तुष्टीकरणको राजनैतिक परिपाटी हो । माओवादीको तुष्टीकरणको नीति कोशी प्रदेशको नाम करण र त्यसपछिको राजनैतिक अवस्थाले प्रष्ट पारेको छ । एमाले, कांग्रेसीहरू नेपालको मौलिकताका पक्षधर हुन् भन्ने भ्रममा नपर्दा हुन्छ । तुष्टीकरणको रोगले सबैलाई गाँजेको छ ।
५. नेपाली इसाई समुदाय र तिनको चाडवाडप्रति लक्षित असहमति स्वभाविक ठान्छु तर गालीगलौज अनुचित हो । नेपालमा इसाई–मिसनरिजहरूले सरकारी नीतिअनुसार काम गरिरहेका छन् । नेपालको बर्तमान संविधानले नै धर्मपरिवर्तन गर्न सजिलो बनाएको छ । कानुनको कार्यन्वयन गर्ने पुलिस–प्रसासनलाई ‘धर्मनिरपेक्षताको सम्मान’ गर्न आदेश छ । धर्मनिरपेक्षताको बन्धनले मिसनरिजका काममा हस्तक्षेप गर्न दिंदैन । पुलिसले कानुन कार्यन्वयन गर्दा तिनको तुरुन्त सरुवा हुन्छ वा विभागीय कार्वाही हुन्छ । सरकारी मिसनरिज र तुष्टीकरणको बाटोलाई सजिलो बनाउने नीतिमा छ । साथै , मिसनरिजहरूले समाजका प्रबुद्ध भनाउँदा बाहुनहरूलाई किनेर इसाई धर्म स्वीकार गराछन् र ती धर्मपरिवर्तन गरेका बाहुनलाई प्रयोग गरेर अन्य समुदायलाई धर्मपरिवर्तन गर्न प्रोत्साहित गराउँछन् ।
६. धर्म परिवर्तन र इसाइकरण विरुद्ध जनतामा निकै आक्रोश छ । यो आक्रोश जायज छ कि छैन ? यो चिन्तनको विषय हो । धर्मपरिवर्तन विरुद्ध अनेकौं संघसंस्थाहरू खुलेका छन् । यी संस्थाहरूको अनुहारमा ‘काम नगर्ने तर नेतृत्वका लागि मरिमेट्ने’ दाग लागेको छ । कुनै पनि सङ्घसंस्थाहरूसंग दीर्घकालीन योजना छैन । योजना भएका संस्थाहरूसंग जनसमर्थन छैन । जनता पनि अचम्मका छन् – नयाँ संस्था खुल्दासाथ तेसैमा दौडने र पुरानो संस्थालाई विर्सिदिने गर्छन् । तर इसाईहरूमा एस्तो समस्या कत्ति पनि छैन र भएका समस्याहरू आपसी सल्लाह गरेर मिडियामा पुग्न रोकिन्छन् । हरेक व्यक्तिले चर्च खोल्न पाउने, त्यस्तो चर्च खोल्न सरकारी अनुमति नचाइने हुँदा चर्च खोलिने र खोलिएका चर्चहरूका प्रत्येक सदस्यले आफ्नो कमाईको अनिवार्य रूपमा १०% भेटी दिनै पर्ने परिपाटीले चर्चहरू बलिया हुन्छन् । चर्च संचालनको लागि विदेशीहरूले सजिलै दान दिने र त्यस्तो दानको हिसाव–किताव सरकारलाई देखाउनु नपर्ने हुँदा निकै सजिलो छ । तर अर्कोतिर पशुपति नाथ लगायतका हिन्दु मन्दिरहरूको सम्पूर्ण आम्दानीको हिसाव किताव सरकारले राख्छ । पशुपति नाथ लगायतका मन्दिरहरूले अडिट गर्नुपर्छ तर चर्चहरू यो प्रावधानबाट मुक्त छन् ? कुनै पनि सरकारी निकायले ती विरुद्ध छानविन गर्न पाउंदैन ।
७. इसाईहरुले आफ्नो धर्मको विस्तारका लागि बाहुनहरूलाई प्रयोग गरिरहेका छन् । यी बाहुन–पास्चरहरूले धर्मपरिवर्तन गराउन वेद, उपनिषद् तथा हिन्दू शास्त्रहरूको झूटो गवाही दिन्छन् । उनीहरूको भनाईको तात्पर्य हुन्छ “म जस्तो माधव उपाध्यायले धर्मपरिवर्तन गरेर इसाई बने भने तिमीजस्ता सानोजातका, आदिवासी जनजातिका व्यक्तिले त झन् गर्नुपर्छ । मलाई छुवाछुतबाट मुक्त हुनुनै थिएन तर पनि हिन्दुहरूले दलितहरूप्रति गरेको अन्यायले मलाई इसाई बनायो । ‘हिन्दु संघसंस्थाहरूले दीर्घकालीन योजना बनाएर नवपरिवर्तित पास्चर वा पुराना इसाईहरूबाट हिन्दु–धर्मको व्याख्या गराउन आवश्यक छ । राजनीतिका पण्डितहरूले कुरा बुझेका छन् तर देशी र विदेशी शक्तिहरूको तुष्टीकरणका उनीहरूको भोट ब्यांक हो । कुनै पनि धर्मपरिवर्तनसंग असहमत शक्तिले नेताले ‘धर्मपरिवर्तन रोक्न प्रभावकारी काम गर्छ’ भनेर विश्वास गर्नु गलत हुने छ । बरू, ब्युरोक्रेटहरूले सहयोग गर्न सक्छन् । भएका कानुनहरू क्रियाशील गर्ने जिम्मा उनीहरूकै हुन्छ ।
८. क्रिसमसको आलोचना गरिरहंदा आलोचकहरूले एउटा कुरा बुझ्न जरुरी छ – यो देशको सबैभन्दा दुर्भाग्य तुष्टीकरण हो । हरेक दलको उच्च होस् वा निम्नतहको नेता सबै आफ्नो समुदाय, परिवारको तुष्टीकरणमा विश्वास गर्छ । मुस्लिम, इसाई, आदिवासी, जनजाति, आरक्षण, आयोगहरू र समानुपातिकता – यी सबै तुष्टीकरणका दुर्दान्त अनुहार हुन् । अस्तिमात्रै पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले “यो सम्बैधानिक व्यबस्थाले एउटा कुनै दललाई बहुमत प्रदान गर्न सक्दैन“ भन्दै दलीय सहकार्यको बचाउ गरेका छन् । सहकार्यको अर्थ हो – जसरी पनि अर्कोलाई तुष्टीकरण गरेर सत्ताको सुख प्राप्त गर्नु । क्रिसमसको धार्मिक कार्यक्रममा पुगेका राजनैतिक नेताहरूको लर्कोले उपर्युक्त तत्थ्यलाई प्रमाणित गर्छ । फेरि, एउटा धार्मिक समूहको रूपमा राजनैतिक शक्तिहरूले कुनै धर्मलाई काखा र कुनैलाई पाखा गर्न मिल्दैन । त्यसैले नेपालका सम्पूर्ण मौलिकता पक्षधरहरूले नेपालको मौलिकताका पक्षमा सहकार्य गर्नुको विकल्प छैन ्र मुसाईहरूको कपि गर्ने ‘अम्बेडकरवादी’ बाहेक यो प्रस्तावसंग असहमत हुनु पर्ने कुनै कारण छैन ।
९. एउटा कठोर सत्य के हो भने नेपालको मौलिकताका पक्षधरहरूले आफ्नो अस्तित्व जोगाउने लडाई आफै लड्नु पर्छ । आजको मितिमा नेपालका सम्पूर्ण मौलिक सम्पदाहरू आफ्नो अस्तित्व रक्षा गर्न सङ्घर्ष गरिरहेका छन् । धर्मको मात्र कुरा होइन अंग्रेजी भाषाका माध्यमबाट नेपालका मौलिक भाषाहरूको हत्या भैरहेको छ । रिलिजनलाई धर्मको पर्यायवाची बनाएर स्थानीय सम्प्रदायहरूको हत्या हुँदैछ । विज्ञानलाई हतियार बनाएर स्थानीयकलाहरू मूर्ति निर्माण, मूर्ति पूजाहरूको सामुहिक हत्या हुँदैछ । प्रगतिशीलताको आवरणमा स्थानीय रितिरिवाज तथा संस्कारहरूको हत्या गरिंदै छ । सेक्सलाई केवल बायोलोजिकल फेक्टरका रुपमा स्थापित गरेर विवाह, भावनासंग जोडिएको परिवार तथा सन्तान र पुस्ताहरूले प्राकृतिक रूपमा प्राप्त गर्ने मायाको हत्या गरिंदै छ । सबैभन्दा डरलाग्दो घात “बिज्ञान, वैज्ञानिकता, प्रगतिशीलताका नाममा मौलिक परिचय र भावना प्रधानमान्छेको मनमा विदेशी संस्कृति अनिवार्य गरिंदै छ । नेपालका मौलिक पर्वहरूलाई प्रतिद्वन्दी बनाएर आपसमा घृणावादतिर उन्मुख गरिंदै छ । तीतोसत्य के हो भने आदिवासी–जनजाति, इसाई–मुसाईका सामाजिक धार्मिक तथा सांस्कृतिक कार्यक्रमको मूल आकर्षण नै “हिन्दू–संस्कृति“लाई गालीगलौज गर्ने, देशको ८०% जनसंख्या (हिन्दु)हरू र तिनको पहिचानमा आक्रमण गर्न उक्साउने र आफ्नो संस्कृतिसंग कुनै साइनो नभएका संस्कृतिहरूलाई तुष्टीकरण गर्ने प्रवृत्ति मौलाएको छ । यो संस्कृतिले आफ्नो “घरमा आगो लगाएर अर्काको घर पोल्ने“ घृणावादको पोषण गर्छ । विरोध खतिवडा, सुदन किराती, माधव नेपालहरू यसका अनुहार हुन् ।
–१०, अन्त्यमा, इसाईहरूको र तिनका चाडवाडको आलोचना र विरोध गर्नुको सट्टा शुभकामना नै दिनु उचित हुन्छ । शुभकामना दिंदै गर्दा इसाईहरूको जस्तै एकता, आफ्नो धर्म, संस्कृतिप्रति निष्ठा, स्वधर्मको रक्षा गर्ने अल्पकालीन र दीर्घकालीन योजनाको तयारी गर्नुपर्छ । “वेद, त्रिपिटक, पशुपतिनाथ र बुद्धको नाम लिंदैमा देशको मौलिकता जोगिन्न । धर्मपरिवर्तन गरेर इसाई बनेका नेपालीहरूलाई गालीगलौज गरेर समय व्यर्थ गर्नु भन्दा हामीले स्वीकार्नुपर्छ कि उनीहरूसम्म “मौलिकताको गौरवशाली संदेश पुर्याउन सकिएन । खाली ठाउँमा पानी भरिन्छ नै ।उप्रान्त, नेपालको मौलिकतावादी शक्तिहरूले एकठाउँमा उभिएर कसैले प्रबचन गर्ने, कसैले बौद्धिक कार्य गर्ने, कसैले राजनैतिक रूपमा हस्तक्षेप गरेर धर्मपरिवर्तनको वेगमा अंकुश लगाउने र सामाजिक, सांस्कृतिक तथा बालबालिका तथा युथहरूमा स्वधर्म, संस्कृति तथा असल परम्परा बारे जानकारी दिन आरम्भ गर्नुपर्छ । चर्च र मस्जिदहरू र मदरसाबाट उत्पादिन धर्मान्धहरूको प्रतिकार गर्न गुरुकुलहरूबाट ज्ञान र कर्मनिष्ट शक्ति उत्पादन हुनुपर्छ भने मन्दिर तथा गुम्वाहरूले संस्कृति रक्षाको जिम्मेदारी लिनुपर्छ । यदि विश्वविद्यालय वा विद्यालयहरूले बैज्ञानिक, समावेशी तथा प्रगतिशीलताको नाममा नेपालका मौलिक संस्कृति, परम्परा तथा आत्मगौरवमा अविश्वास फैलाउने पाठ्यक्रम बनाएर पठाउँदै छन् भने त्यस्तो पाठ्यक्रमलाई “आची पुछेर“ फाल्न सक्ने जनशक्ति तयार गर्नेतिर ध्यान दिनुपर्छ । प्रगतिशीलता, बैज्ञानिकता, अग्रगमन तथा वैश्विक चेतना हिन्दू–बौद्धहरूका स्वाभाविक गुण हुन् । समावेशीकरण र वैज्ञानिकताका नाममा तुष्टीकरण तथा सांस्कृतिक आत्महत्या गर्न प्रेरित गर्ने प्रवित्तिमा अंकुश लाग्नै पर्छ । धर्म सद्गुण हुन् रिलिजियस अन्धविश्वास होइनन् । विज्ञानले कसैको पहिचान र मौलिकताको हत्या गर्छ भने त्यस्तो विज्ञान प्राणीजगतका लागि अस्वीकार्य हुनुपर्छ । साथै, चरमकट्टरपन्थीहरूले “धर्मनिरपेक्षता“को वकालत गरिरहेका छन् भने झन् सतर्क हुनुपर्छ ।स्वस्तिअस्तु