उधौली पर्वले राष्ट्रिय एकता कायम गर्नमा अहम् भूमिका निर्वाह गर्छः राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन् । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ,“किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना ।”

राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

“विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ । राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङमा परी १४ जनाको मृत्यु

काठमाडौं । बाढी, पहिरो र चट्याङका पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

  भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को

संसदीय छानबिन विशेष समितिद्वारा गोरखा मिडियामा ऋण प्रवाह भएको कागजात उपलब्ध गराउन पत्राचार

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले

ऋण उठाउन सक्दैनन् प्रदेश, सङ्घ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै

  हेमन्त जोशी, काठमाडौँ । पछिल्ला केही वर्षयता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि