१४  नमूनाको जिन सिक्वेन्सिङ गर्दा फेला परेन कोरोना भाइरसको नयाँ भेरियन्ट



 

काठमाडौँ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरेको हो ।

प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४  नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए ।

उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए। भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो ।

“सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमूना पठाउन भनेका छौँ”, उनले भने, “डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौँ ।” सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ ।

प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमूना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

ताप्लेजुङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी

हौसिनुको गन्तव्य के ?

-डा. गोविन्दशरण उपाध्याय । हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी

नारायणघाट-बुटवल सडक विस्तारले लियो गति, पूर्वीखण्डको १८ स्थानमा कालोपत्र हुँदै

नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ

हनुमानढोकाको नासल चोकमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गरेका छन् ।