सरकार गठनको एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा ठूलो घोषणा गर्दैछुः प्रधानमन्त्री



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरेर भएपनि सरकारको कामलाई गतिदिने बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको काम चुस्त नभएको गुनासो बढेकाले आफू अब नयाँ ढंगले अघि बढ्न लागेको बताए ।

उनले भने, ‘१० गते मेरो १ वर्ष पुरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु । मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका कामहरु कसरी भएका छन् । अब ठीक ढंगले काम भएन । आफूले प्रतिबद्धता व्यक्त गरेको कामहरुपनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिबद्धता व्यक्त गरेको छु ।’

प्रधानमन्त्रीले आफ्नो सरकारले सुशासन र सामाजिक न्यायको पक्षका काम गर्दै आएको बताए । उनले भने, ‘एकवर्ष पुरा हुँदैछ तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको यो बीचमा मैले सुशासनको पक्षमा सामाजिक, न्यायको पक्षमा र समृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु । त्यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु । त्यो सम्बोधनमा ती सबै कुरा उल्लेख हुनेछन् भने अर्को वर्ष मैले नयाँ ढंगले काम सुरु गर्ने विषयहरु हुनेछन् । मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ

गगनलाई रविको चुनौतीः मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु, नभए तपाईं छाड्ने हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले

कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर

संसदीय समिति नबन्दा संसदमा सकसः जेठ १ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले