मन्त्री किरातीको अभिव्यक्तिको सर्वत्र आलोचना



काठमाडौं । सर्वत्र आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार र काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सवलाई सम्बोधन मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसको सर्वत्र विरोध भएपछि बिहीबार सामाजिक संजालमार्फत किरातीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका हुन् ।

उनले ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका छन् । उनले भनेका छन्, ‘बहसको लागि सबैलाई धन्यवाद ! संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, भन्नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

तर मन्त्रीजस्तो पदमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनको राजीनामा मागेका छन् । उनले उनले भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले भनेका छन्,‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या –हिन्दू,बौंद्ध, मुस्लिम आदि)करिब ९८% रहेछ।माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।’

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि किरातीको राजीनामा मागेका छन् । सामाजिक संजालमा थापा लेख्छन्, ‘“क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्“ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ । प्रधानमन्त्रीको ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले तिरेको करबाट सुविधा लिएर राष्ट्रपतिको सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियता विपरीत किन बोल्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश

गृहमन्त्रीले जीबी राईसँग मिलेर सहकारी ठगेका यथेष्ट प्रमाण सरकारसँगै छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेका संलग्नताका

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि

जनकपुरधाम ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति

२२ महिनामा पनि बन्न नसकेको कास्कीको हरिचोक–याम्दीको दुई किलोमिटर सडक

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको