सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न रवि लामिछानेको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत सभापति लामिछानले मन्त्री किराँतीको ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाउने बताएका हुन् । उनले पदीय गरिमा विपरीत, उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति दिनु खेदजनक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले तिरेको करबाट सुविधा लिएर राष्ट्रपतिको सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियता विपरीत किन बोल्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश

गृहमन्त्रीले जीबी राईसँग मिलेर सहकारी ठगेका यथेष्ट प्रमाण सरकारसँगै छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेका संलग्नताका

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि

जनकपुरधाम ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति

२२ महिनामा पनि बन्न नसकेको कास्कीको हरिचोक–याम्दीको दुई किलोमिटर सडक

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको