‘हाम्रो यात्राले आउँदो पिंढीलाई अन्योलमा राख्ने कामबाट चिर्न असाधारण सहयोग गरेको छ’



पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गरेका छन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उनले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताए ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आइतबार पाँचथरको याङवरक गाउँपालिका वडा नं १ चिवाभञ्ज्याङमा समापन गर्दै उनले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताए ।

“यो यात्रा जोखिम मोल्ने अभियान हो । यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष ओलीले भने, “यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ । सिङ्गो देशलाई सर्वोपरी राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ ।”

अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको अध्यक्ष ओलीले बताए । मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उनले यात्रा पूर्ण रुपमा सफल भएको दाबी गरे ।

राजनीतिक हिसाबले देशको बिग्रदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको भन्दै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको बताए ।

ओलीले स्थानीयस्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन मद्दत मिलेको बताए ।

फरक प्रसङ्गमा उनले देशको राजनीति अहिले अलपत्र र अलमलमा रहेको जिकीर गरे । ओलीले जनता र देशको समय खेर फाल्न, आउँदो पिंढीलाई अन्योलमा राख्ने कामबाट चिर्न अभियानले असाधारण रुपमा सहयोग गरेको बताए ।

एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गरे । उनले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिए । अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन

जिबी राई चाँडै पक्राउ पर्छन्ः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन

रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित

  काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा