नातिनीको विवाह गोकर्ण रिसोर्टमा गरेकोमा प्रचण्डप्रति पार्टीकै नेताको कटाक्ष



काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी(प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी) को विवाह गोकर्ण फरेष्ट रिसोर्टमा गरेको विषयलाई लिएर पार्टीभित्रै आलोचना भएको छ ।

पार्टीले अहिले चलाइरहेको रुपान्तरण अभियानको बेलामा जनयुद्ध लडेर आएका नेताको परिवारका सदस्यको विवाहको तामझाम बहसको विषय बनिरहेका बेला पार्टीभित्रैबाट यसको आलोचना भएको हो ।

सामाजिक संजालमा  कमरेडी विवाह भनेर टिकाटिप्पणी भइरहेका बेला एकजना केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डको आलेचना गरेका छन् । उनले भनेका छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !’

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामालाई नियुक्त गर्दा पनि उनले आलोचना गरेका थिए । हातहतियार मुद्दामा पक्राउ परेको लामालाई नियुक्ति गरिएको भन्दै आलोचना भएको थियो । त्यस विषयमा न्यौपानेले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

गत साउनमा माओवादीको केन्द्रीय समितिको बैठकले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर, लामालाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि न्यौपानेले लुम्बिनीबाट रूपान्तरण अभियानको उद्घाटन सुरु भएको भन्दै कटाक्ष गरेका थिए । उनले भनेका थिए, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ ।’

खासमा कम्युनिष्ट पार्टी, त्यसमा पनि माओवादी नेताको छोरीको विवाह करोडौं रकम खर्चेर विवाह गरिएको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले तिरेको करबाट सुविधा लिएर राष्ट्रपतिको सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियता विपरीत किन बोल्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश

गृहमन्त्रीले जीबी राईसँग मिलेर सहकारी ठगेका यथेष्ट प्रमाण सरकारसँगै छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेका संलग्नताका

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि

जनकपुरधाम ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति

२२ महिनामा पनि बन्न नसकेको कास्कीको हरिचोक–याम्दीको दुई किलोमिटर सडक

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको