एमाले मात्र देशको मजबुद शक्ति भएको ओलीको दाबी



फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताएका छन् । शनिबार पाँचरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एक बहमुतको सरकारका लागि कार्यकर्तालाई जुट्न आग्रह गरे ।

उनले भने, ‘देशको विकास गर्न एमालेजस्तो राष्ट्रवादी पार्टीले एकल सरकार बनाउनुपर्छ। एकल बहुमत ल्याउन हामीले अर्को चुनाव पर्खिनुपरेको छ ।’

ओलीले अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको सरकार आवश्यक भएको भन्दै एमाले मात्र देशको मजबुद शक्ति बन्नसक्ने दाबी गरे ।

उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु चिवा भञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने बताए। उनले भने, ’भारतसँग जोडिएको चिवा भञ्ज्याङलाई नाका खोल्न सकिन्छ। त्यसको लागि एमालेले पहल गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अघिल्लो सरकारले जिबी राई भगाएको भन्ने बेतुकको कुरा होः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य

मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरियो, मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा

समर्थन फिर्ता लिँदै माओवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । जनता समाजवादी पार्टी

सदन खुलाउने विषयमा सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सदनको गतिरोध हटाउने विषय सरकारको कोटमा रहेको बताएका छन्