राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान पुनःसंरचना गर्ने



 

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ ।  सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

“हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्यौँ”, उनले भने ।

बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए । उनका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए । प्रमुख सचेतक परियारले भने, “पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुङ्गाउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।”

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिइन् ।

“हामीले विगतमा जे जति मुद्दा उठायौँ, त्यसलाई टुङ्गोमा पुर्याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो”, उनले भनिन्, “ विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि

व्यक्तिलाई होइन समस्यालाई केन्द्रित गरेर संसदीय समिति गठन गर्नुपर्छः ईश्वर पोखरेल

  मोरङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा