विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं । नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेको छ । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

जवाफमा कतारका प्रधानमन्त्रीले जोशीको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका थिए । भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

गत असोज २० गतेदेखि बेपत्ता भएका जोशी हमास समूहको कब्जामा रहेको बताइएको छ । यसअघि आइतबार परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीजसँग पनि जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि