एनसेल प्रकरण गरिएको दुष्प्रचारको प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा भइरहेको गलत प्रचारप्रति आपत्ति जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

आफू युएईमा भएका बेला एनसेलको शेयर बिक्रीको कुरा सुनेको र आउने बितिक्कै छानबिन गर्न निर्देशन दिएको भन्दै प्रधानमन्त्रीले सरकारले यस्तो गर्दा पनि तल्लोस्तरको प्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘एनसेलको शेयर बिक्रीबारे युएईबाट फर्केलगत्तै क्याबिनेटको बैठक राखेर छानबिन समिति बनाएँ । तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

प्रधानमन्त्रीले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रयासमा सरकार लागिरहेको छ। सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ । सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’

दाहालले राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको बताउँदै अर्थतन्त्रमा पनि सुधार हुँदै गएको बताए । प्रधानमन्त्रीले प्रतिक्रियावादी र अवसरवादीलाई अहिलेको सुधार मन नपरेको बताए । उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि